Skip to content

मेरै नजर सामु तिमी पराई हुँदा


मेरै नजर सामु तिमी पराई हुँदा
मुटुमै चले तलवार, खुकुरी र खुँडा
कति जल्यो होला मन तिमी नै भन
सिन्दुर पोते पहिराउँदै अरुले छुँदा !!!!

बेहिसाब हौसला भताभुङ्ग टुटे
शिशामहल सपनाको चकनाचुर फुटे
कति तड्प्यो होला मन तिमी नै भन
मेरो प्रीति मेरै सामु अर्काको हुँदा !!!!

अरुको के कुरा तिमीले नै छोड्यौ साथ
बाध्य छु भन्दै थाम्यौ कसरी पराई हात ?
कति दुख्यो होला मन तिमी नै भन
हाँस्न खोज्दा भित्री मन भक्कानेर रुँदा !!!!

—-नीहारिका लक्ष्मी शाही

4 thoughts on “मेरै नजर सामु तिमी पराई हुँदा”

  1. राम्रो लाग्यो हजुरको
    राम्रो लाग्यो हजुरको गीत,लेख्दै जानुहोस् लक्ष्मी जि!
    प्रेम पुन, बेल्जियम

  2. Ramero lagyo aaru geet pane
    Ramero lagyo aaru geet pane kordai jaanu hola hai. Kaai kura haru mildo rahe6a mero jeeven saag pane tasily ramero ramero lagyo
    Tirtha from japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *