Skip to content

कहिले एक सा~~नो तारा भएँ

NeeharikaLaxmiShahi


कहिले एक सा~~नो तारा भएँ,
कहिले सौर्यमंडल सारा भएँ !
उन्मुक्त हाँसेर पुगें बादल पारी,
कहिले अविरल अँश्रुका धारा भएँ !

कहिले तर्पण सबै पितृलाई
कहिले अर्पण सबै रामलाई
सूर्योदयको सम्मुखै बसेर पनि
सम्झन्छु मेरो देशको घामलाई

कहिले थाँक्रो भएँ म कहिले लहारा
उठेका हातको पनि धेरथोर भएँ साहरा
कहिले यसरी हराएँ कि भौडभाडमा
कहालिएर आफै पनि भएँ बेसहारा

कहिले एक सा~~नो तारा भएँ,
कहिले सौर्यमंडल सारा भएँ !
उन्मुक्त हाँसेर पुगें बादल पारी,
कहिले अविरल अश्रुका धारा भएँ!

नीहरिका लक्ष्मी शाही

4 thoughts on “कहिले एक सा~~नो तारा भएँ”

  1. >सूर्योदयको सम्मुखै बसेर
    >सूर्योदयको सम्मुखै बसेर पनि
    >सम्झन्छु मेरो देशको घामलाई

    यो भावनालाई चाहिं निकै हदसम्म बुझेजस्तो लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *