Skip to content

डा. सुशील दाहाल

नेपालका धन्वन्तरि मन्दिर

  • by

हाम्रा पुर्खाले नेपालको चिकित्सकीय आदर्शका रूपमा भगवान् धन्वन्तरीलाई स्थापित गरेका छन् । जगत्कल्याणको सूक्ष्मतम् भावलाई ढुङ्गामा कुदेर अमरत्व प्रदान गर्ने हाम्रा पूर्वजले भगवान् धन्वन्तरीको मन्दिर पनि बनाएका छन् तर उनका मन्दिर जताततै भने सार्वजनिक स्थलमा त्यति पाइँदैन । वैद्यहरूको पुरानो वस्तीबीच काठमाडौंको पशुपति क्षेत्रमा धन्वन्तरीको मन्दिर छ । जयवागीश्वरी स्थित नवाली टोलको ‘लुँहिटी’ ढुङ्गाबाट बनेको छ । यस मन्दिरमा राखिएको मूत्ािर् पनि ढुङ्गाकै छ ।

घोडेजात्राः रेवन्त र शालिहोत्रको सम्झना

  • by

काठमाडौं उपत्यकामा चैत्रकृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइन्छ । यस दिन घोडादौडका साथै घोडाका विभिन्न खेलको प्रदर्शन गर्ने गरिन्छ । यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष भनेको भगवान् रेवन्तको पूजा हो । घोडेजात्राको दिन वसन्तपुर र सिंहदरबारमा रहेका रेवन्तको पीठमा घोडचढी प्रहरी र सैनिकद्वारा साइत जुराएर धार्मिक अनुष्ठान गरिन्छ । यसरी विधिपूर्वक पूजा गरिसकेपछि मात्रै घोडेजात्राका दिन घोडादौडको आयोजना हुने गर्दछ ।

युद्ध विज्ञानको दस्तावेज

  • by

धनुर्वेद प्राचिन विज्ञानको एक सुदृढ र सुत्रसिद्ध शाखा हो । युद्धसम्बन्धी विषयको वर्णन, शस्त्र-अस्त्रहरूको निर्माण विधि र तिनलाई चलाउने उपाय लगायत सैन्य विज्ञानका विविध विषयको चर्चा धनुर्वेदमा गरिएको हुन्छ । प्राचीनकालमा हातहतियारहरूमा धनुष नै मुख्य थियो । त्यसैले युद्धमा समर्पित शास्त्रको नाम धनुर्वेद रहन गयो । वैदिककालदेखि नै धनुर्वेद स्वतन्त्र विद्याको रूपमा प्रतिष्ठित हुँदै आएको देखिन्छ ।