Skip to content

अरुणा उप्रेती

20111020_ArunaUprety_Story

महाभारत युपछिका कृष्ण

  • by

ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको युद्ध सकिएपछि पाण्डवपुत्रले आफ्ना पाँच पुत्रको हत्या खबर सुन्नुपर्यो । कौरव पक्षका जीवित रहेका केही व्यक्तिहरूले (जसमा द्रोणपुत्र अश्वस्थामा पन थिए) रातको अँध्यारोमा, पाँच पाण्डपुत्रहको हत्या गरे ।

20111015_ArunaUprety_Vyas

महाभारत युद्धपछिका व्यास

मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी बनायो कि ? मेरा औरस पुत्र धृतराष्ट्रको दुखले दुखी बनायो ? धृतराष्ट्रप्रति मलाई पुत्रमोह त कहिल्यै थिएन किनभने मैले माता सत्यवतीको वचनलाई हार्न नसकेर मात्र उनका विधवा बुहारीहरूलाई गर्भवती गराएर पुत्र प्रदान गरेको थिएँ । तर, त्यो बेलामा मैले मातालाई भनेको पनि थिएँ-“माता, मबाट जन्मिँमा यी सन्तानहरू ऋषिपुत्र झैं हुने छैनन् । भविष्यको कुरा केही भन्न सकिन्न । हुन सक्छ यी सन्तान नै हस्तिनापुरको रक्षा समर्थ नहोलान् ।”

महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? उनलाई मैले के भनुँला ? हस्तिनापुरकी महारानी आज सन्तानविहीन भएकी छन् । सायद उनको आँखामा आँसु पनि हुनेछैन । युद्धभरि प्रत्येक दिन कसै न कसैको प्रियजनको मृत्युले आँसु खसेकै छ । एउटा शरीरमा कति पो अाँसु होला र बग्ला ? यो युद्धको दोष कसको मेरो ? दुर्योधनको ? कृष्णको ? भीष्मको ?

आधुनिक सन्दर्भमा पौराणिक प्रेमकथा

पौराणिक कालका सावित्री र सत्यवानले फेरि पृथ्वीमा जन्म लिएछन्। पहिलेको जन्मको याद दुवैलाई भएकाले दुवै एकअर्कासँग नै प्रेम र विवाह गर्ने ध्याउन्नमा थिए। तर, पूर्वजन्मजस्तो राजा-महाराजाको घरमा जन्म नलिएर सावित्रीले राष्ट्रपतिको घरमा जन्म लिइन्। सत्यवान चाहिँ राजनीतिक नेताको घरमा जन्मिए। सत्यवानका मातापिताचाहिँ अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चक्करमा परेर जेलको हावा खाइरहेका थिए। तर, सत्यवानले सच्चा पुत्रले झैँ मातापिताको सेवा गर्न छोडेका थिएनन्।

सावित्रीले बुझेर पुगेपछि सत्यवानको मोबाइल पत्ता लगाउन कोसिस गरिन्। धेरै प्रयत्नपछि मोबाइल त पत्ता लाग्यो तर विधिको विधान ! कहिले बत्तीको कारणले मोबाइल ‘रिचार्ज’ नहुने, कहिले कोही मोबाइलको ‘स्विच अफ’ हुने त कहिले ‘बिजी टोन’ आउने कारणले गर्दा सावित्री हैरान भइन्। तर, आफ्नो हठ छोडिनन् र लगातार फोन गरिरहिन्। एकदिन माइक्रोबसमा बसेका बेलामा सत्यवानको फोन टिरटिर बज्यो, सावित्री बोलिन्, “हलो सत्यवान हो? म पौराणिक कालकी सावित्री हुँ ! तिमी कहाँ छौ। म त्यो कालदेखि नै तिमीसँग प्रेम गर्छु र तिमीसँग विवाह गर्ने प्रतीज्ञा गरेकी छु।” सत्यवान छक्क परे र दंग पनि, “सावित्री मेरी प्रियसी, म अहिले मेरो पजेरोमा बसेर केही नेताहरूलाई भेट्न जाँदैछु। करोडौँको व्यापारको कुरा छ। म नेताजीहरूसँग भेट गरेपछि राष्ट्रपति भवनमा भेट्न आउँछु, तिमी त्यहाँ फूलहरू नफुलेको फूलबारीमा बसिराख।”

मर्स्याङदीसँगै बग्दै

  • by

कलकल सुन्दै मनाङमा उकाली-ओराली हिँड्दा १०-१२ घन्टाको थकाइ पनि चटक्क बिर्सिइन्छ । लोडसेडिङको नामोनिसान छैन । मर्स्याङदीका पावर हाउसले पहाडका धेरैजसो घरमा बत्ती पुगिसकेको छ ।

युद्ध भूमिबाट एउटा चिठी

  • by

मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म पुग्छ कि पुग्दैन। मलाई यो पनि थाहा छैन आमा मेरो मृत शरीर पनि तिमीसम्क्ष पुग्छ कि पुग्दैन? य