संसारको अन्त्य
अंग्रेजीभाषी लेखिका सुषमा जोशीको केही महिनाअघि केही दिनको अन्तरालमा उनका दुई पुस् तक प्रकाशित भए, ‘आर्ट म्याटर्स’ र ‘द एन्ड अफ द वल्र्ड’ । ‘आर्ट म्याटर्स’ उनका नेसन पत्रिका (हाल बन्द) र कान्तिपुर अनलाइनमा प्रकाशित कलासम्बन्धी लेखको संगालो हो । तर यहाँ चर्चा गर्न खोजिएको पुस्तकचाहिँ उनको कथा संग्रह ‘द एन्ड अफ द वल्र्ड’ हो जसका ८ कथामा समकालीन नेपाली समाजको प्रतिबिम्ब भेटिन्छ ।
