अंग्रेजीभाषी लेखिका सुषमा जोशीको केही महिनाअघि केही दिनको अन्तरालमा उनका दुई पुस् तक प्रकाशित भए, ‘आर्ट म्याटर्स’ र ‘द एन्ड अफ द वल्र्ड’ । ‘आर्ट म्याटर्स’ उनका नेसन पत्रिका (हाल बन्द) र कान्तिपुर अनलाइनमा प्रकाशित कलासम्बन्धी लेखको संगालो हो । तर यहाँ चर्चा गर्न खोजिएको पुस्तकचाहिँ उनको कथा संग्रह ‘द एन्ड अफ द वल्र्ड’ हो जसका ८ कथामा समकालीन नेपाली समाजको प्रतिबिम्ब भेटिन्छ ।

उनी पात्रहरू दैनन्दिन जीवनबाट सापटी लिन्छिन् र तिनका कथा बुन्दै काल्पनिकीको कलेवर दिन्छिन् । माओवादी जनयुद्धले काठमाडौं नजिकैको ग्रामीण जीवनमा पारेको असर, आसन्न चुनावमा मतको खरिदबिक्री जस्ता प्रसंग छन् ‘वेटिङ फर रेन’ शीर्षक कथामा । अधिकांश कथा सलल बगेका छन्, बिम्बको भरपुर प्रयोग छ ।

पहिलो कथा ‘चीज’ ले नेपाली भनाइ स्मरण गराउँछ, उम्केको माछो ठूलो । आफन्तको काठमाडौंस्थित घरमा काम सघाउन ल्याइएको हुन्छ, दस वर्षे गोपी । स् िवट्जरल्यान्ड गएको घरको छोरो प्रकाशबाबुले ल्याएको चीर प्रतीक्षित चीज गोपीको भागमा पर्दैन । ऊ पनि घरको सदस्य हो भनेर नै स् िवकारिँदैन, कसरी परोस् उसको भागमा चीज ? त्यो अद्भुत विदेशी खानेकुरा सपनामा समेत उसले देख्छ । २० वर्षपछि गोपीले चीज खाने धोको पूरा गर्छ । यसबेला ऊ अर्काको घरको चारपर्खालबाट पर आफ्नो मनको मालिक आफै भइसकेको हुन्छ । होटलमा काम गरिरहेको गोपी त्यो वर्षौंदेखिको अधुरो इच्छा पूरा गर्न लाजिम्पाटस्थित नेपाल डेरी जान्छ, चीज किन्न । तीन सय रुपैयाँ हालेर चीज किन्छ तर मुखमा हाल्नेबित्तिकै वान्ता गर्न थाल्छ । के यसैका लागि हो उसले वषर्ाै मुख मिठ्याएको ?

‘बिटे्रयल’ मा महेश र कथाको मूल पात्र गौतमे बीच भारतको मुम्बईमा गाँसिएको मित्रता, उनीहरूले परदेशमा गरेको संघर्ष, अनि नेपाल आएर माओवादीको सैन्य दस्तामा दुवैजना लाग्दाको अनुभव समेटिएको छ । तर कथाको ‘क्लाइमेक्स’ अर्कैतिर छ । माओवादी छाडेर कामको खोजीमा हङकङ गएको गौतमे घर फर्किनेक्रममा महेशको निर्देशनमा एयरपोर्टमै पक्राउ पर्छ । जेलको छिडीबाट ऊ आफ्नो विगत, महेशसँगको अन्तरंग क्षण र आत्मीय साथी ठानेको व्यक्तिबाट भएको धोकाबारे घोत्लिन थाल्छ ।

‘ल एन्ड अर्डर’ कथा भर्खरै प्रहरीमा भर्ती भएको विष्णुले प्रहरी मुख्यालय छेउको घरको तरकारी चोर्न गरेको उपक्रममा केन्दि्रत छ । ठूलो मिहिनेतका साथ तरकारी चोरीसकेर पनि विष्णु विलखबन्दमा पर्छ, उसको भोक बारीमा फलेका तरकारीको हो कि त्यस घरमा बस्ने तरुनीको  ? सिग्मन्ड प|mायडको विश्लेषणबाट समेत यस कथालाई हेर्न सकिन्छ । शीर्षक कथा ‘द एन्ड अफ द वल्र्ड’ ले संसारको प्रलय हुन्छ रे भनेर नेपालमा चलिरहने हल्ला, त्यसको रुढिवादिता र मर्नुअघि मिठोमसिनो खाएरै मरुँ भन्ने नेपाली मानसिकता झल्काउँछ । ‘म्याचमेकिङ’ ले महिलालाई विवाहअघि कसरी कुनै बिक्रीको वस्तुझै तौलिइन्छ, ओल्टाइपल्टाई हेरिन्छ भन्ने देखाएको छ ।

संग्रहको सर्वोत्कृष्ट कथा हो ‘ब्लकेड’ । ‘ब्लकेड’ मा पेटको भोकलाई दुई तरिकाले प्रस्तुत गरिएको छ । एक, बारामा तपस् यारत रामबहादुर बम्जन जसले महिनौंदेखि खाना नखाई गरेको ध्यानले देशी विदेशी मिडिया अनि देशभरिका धर्मभीरु र जिज्ञासुलाई बाराको जंगलमा ओइर्‍याएको छ । अर्को, कणर्ाली अञ्चलको कालिकोट जिल्लाका हस् तबहादुर कठायाको आफ्नो गाउँमा भोकमरी अन्त्य गर्ने प्रयासमा बम्जनको तपस्याको रहस्य प्रभावकारी हुनसक्ने निर्दोष विश्वास । ती तपस्वी यतिका महिना भोकै कसरी बस्न सके, रहस्य खोतल्न लागिपर्छ हस्तबहादुर ताकि उसको गाउँमा व्याप्त भोकमरी समस्या हल गर्न सकोस् । आफ्नो मिसनमा ऊ यति कटिबद्ध छ कि भारतबाट कमाई गरेर घर फर्किनेक्रममा सीधै उक्त जंगल पुग्छ । अन्ततः ऊ घर पुग्नैलाग्दा माओवादी जनसेनाको चन्दा असुलीको सिकार हुन्छ । खालि हात घर पुग्छ, हस्तबहादुर । तर त्यहाँ पनि उसले शान्तिको सास फेर्न पाउँदैन । उसकी बुढी पोइल गइसकेकी हुन्छे, बच्चालाई मृत अवस्थामा छाडेर । भोकमरी सुल्झाउने धूनमा लागेको हस्तबहादुर नै त्यसको आक्रमणमा पर्छ । उसको बच्चा खान नपाएर मरेको हुन्छ ।

छिमेकी भारतको तुलनामा नेपालमा अंग्रेजी लेखनको परम्परा ढिलो सुरु भयो -पाकिस्तानमै पनि पछिल्लो समय मोहम्मद हनिफ, नदिम अस्लाम, ड्यानियल मुइनुद्दिन, मोहसिन हमिदजस्ता राम्रा लेखकले अंग्रेजी लेखनमा आफ्नो स्थान बनाउन थालिसकेका छन्) । फलतः अहिले हामीकहाँ अंग्रेजी साहित्यमा कलम चलाउने लेखकको संख्या नगन्य छ । अन्तर्राटि्रय रूपमा आफ्ना कृतिको चर्चा पाएका र प्रकाशित आख्यान लेखक भनेका अहिलेसम्म पनि दुईजना मात्र छन्, सम्राट उपाध्याय र मञ्जुश्री थापा । तर सुष्मामा पनि एउटा बलियो सम्भावना देखिन्छ । उनका कथाको अर्को राम्रो पक्ष दस वर्षे जनयुद्धबारे कला साहित्य क्षेत्रमा व्याप्त सिर्जनाको कमीलाई केही हदसम्म पूरा गर्नु हो । तर द्वन्द्वका वास्तविक अनुभव, हिंसा प्रतिहिंसाका घटना, त्यसले द्वन्द्वलाई नजिकबाट भोगेका मानिसमा पारेको प्रभावजस् ता गहन विषयलाई उजागर गर्नसकेको छैन । फाइन पि्रन्टले प्रकाशित गरेको ‘द एन्ड अफ द वल्र्ड’ -मूल्य रु २५०) मा ठाउँ ठाउँमा व्याकरणीय गल्ती भेटिन्छन् । तर अमेरिकाको ‘आइभी लिग’ अन्तर्गत पर्ने ब्राउन विश्वविद्यालयकी स्नातक जोशीका कथामा अन्य अंग्रेजी लेखकको जस्तो विदेशी गन्ध आउँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *