इद्रिस सायल
खजूर
म कमाउन अरब गएको छ महिना भइसकेको थियो । साउदी अरेबियाको एउटा कम्पनीले मोजरा -खजूरको बगैँचा) मा काम दिएको थियो । मैले खजूर टिप्ने काम गर्नुपथ्र्यो थुप्रै कामदारहरूसँगै ।
मेरो तलब ५०० साउदी रियाल थियो । अस्ति मात्र श्रीमती बानोको नाममा रु. ३० हजार पठाएको थिएँ र फोन गरिदिएको थिएँ- बानो, तिम्रो नाममा रुपियाँ पठाइदिएको छु । ईदको खर्च पनि यसैमा छ, लिनु ।
