आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
उपन्यासको धरातलमा आज रमिता छ- जस्तो छुट्टै विशिष्टता बोकेको उपन्यासले एउटा अत्यन्त नवीन दिशा वा परिपाटीको सिर्जना गरेको छ। श्री इन्द्रबहादुर राईको औपन्यासिक (जीवन) पृष्ठाङ्कन कठपुतलीको मन जस्तै (सम्भवतः) छ। उहाँ भन्ने गर्नुहुन्छ- मैले देखें जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क-ठिक्क मिलेर चलेको छैन। यो उपन्यासलाई मैले यसरी नै नमिलाएको छु। मैले जीवनलाई एक ध्येयता एक विशेषताको रसायनिक युद्धता तथा एकाग्र प्रगति देखिनँ। प्रेम जम्मै भावहरूको भाउ हो, यसलाई चलाएपछि जम्मै हाम्रा भाव-भावनाहरू जागेर सलबलाउँछन्। यसको पछि कुद्नेले पनि तर अनेक बीच-बीचमा अरू काम गर्छन्, जुन जीवन बुझ्नलाई उत्तिकै महत्वपूर्ण छन्।
