गुरु केदार बराल

म कहाँ बिर्सन सक्छु र ?

समयको खेल हो।
सम्बन्ध सँधै बनिरहँदैनन्।
क्षणक्षणमा बदलिइरहन्छन् ती।
आज मेरो सम्बन्ध फेरिएको छ।
तिमी केबल मेरा सम्झनामा छ्यौं।
तिमीसँगको मेरो प्रेम पहिलो हो।
प्रेमका मिठासपूर्ण सम्बन्ध
म कहाँ बिर्सन सक्छु र ?
त्यसबाट मैले सिकेको त्यो प्रेम
दोस्रो प्रेमका निम्ति पूँजी हुनेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समयका जन्जीरहरूभित्र।

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,

मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा विकास समाजिक सम्भावना

प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्राकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालन देखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु , मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला , एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आँखा लगाउँदा

चेरी का डालीहरुमा मग्मगाउदा फूल फूलेछन्
बयस का रुख हरुमा बैश पलाई लतरम्म झूलेछन्
मौसम ले थाहै नदी रङ फेर्न थालेछ
चरी हरु अचानक धुन ब दल्न खोजेछन्
एक्कासी झस्किएँ म, हावाको बेग ले
लामो केश सुम्सुमाइ कानमा केही गुनगुनाउँदा
केही बेर टोलाइरहें म भित्ता मा टाङिएअका
पात्रो हरुमा आँखा लगाउँदा हिंजो भर्खर आए जस्तो लाग्ने
“नयाँ साल” पुरानो भई फेरि नयाँ आएछ भन के
कोसेली बोकेर आयौ तिम्रो स्वागत गर्न भनी बसन्त पर्खि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिडम्बना

हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्

जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।

तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।

बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायामा अनेक भूलहरू हुँदारहेछन्

आखाँमा यतिधेरै आँसु थियो तर पनि ऊ सामु पोख्न सकिँन
मनभरि यति धेरै माया थियो तर पनि ऊ सामु राख्न सकिँन
बिछोड हुँदाको त्यो पललाई सम्झी सम्झी रुन मनलाग्छ
छुट्टिएका मायालु ती हातहरु फेरि मिल्दैनन् कि भन्ने डर लाग्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हार्दिक मंगलमय शुभकामना

मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे
दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे

जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस
समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस
हृदयस्पस्री संगीतमय ध्वनिहरु युगौ युग गुन्जायमान भैरहोस
शान्तिको बिगुल सारा नेपाल भरी फैली रहोस् फैली रहोस्

नब बर्ष २०६६ को सबैलाई हार्दिक मंगलमय शुभकामना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो प्यारो ओखल्ढुङगा

जिल्लाको ऐतिहासिक पृष्ठभूमि

मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए। उनले यहां राज्य चलाएका किराँतलाई लखेटे। उनको फौजसंग धान भएको र यहाँको ठूलो ढुंगाको खोपिल्टामा धान कुटे र भात खाएकोले त्यही ढुंगाको ओखलको नामले यो ठाँउको नाम ओखलढुंगा रहन गएको हो भन्ने जनश्रुति छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बराल वंस प्रतिस्ठान

बराल वंस प्रतिस्ठान

बराल नेपालमा मगर,क्षेत्री तथा बाहुन (ब्राम्हण) जातीमा पाइने थर हो ।

खास गरी नेपाली बाहुन क्षेत्री जातीका बराल हरू विश्वमित्र ऋषिका सन्तान
भएको विश्वास गर्दछन । विश्वमित्र ऋषी जातको क्षेत्री भएका भएपनी पछी
अध्यान, तप र कर्मका आधारमा ब्राम्हण भएका मानीनीन्छ । बराल हरू घृतकौशिक
गोत्र भित्र पर्दछन। यिनी हरूसंगै नेपालको जुम्ला बाट छुट्टीएका खनाल
नेपाल र सुतार कार्की समेत घृत कौशिक गोत्रमै रहेका हुन्छन । सबै भन्दा
पहिला बराल नाम को शुरूवात जयभद्र बराल (कतै कतै जयन्त बराल पनी भनिएका )
बाट पाइन्छ यिनी नेपालको आछामका बासी थिए । तर नेपालमा बराल हरूको मुख्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन, यात्रा र पोकली झर्ना

छोटो जीवनको लामो यात्रामा
तीस हज मार्मिक र वास्तविक
कटु यथार्थका तीरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनि दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिवन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •