Skip to content

धर्मराज थापा

खडेरीमा वर्षा भएर आओस् मधुपर्क

  • by

मैले जीवनको एउटा खण्डमा गोरखापत्र संस्थानमा काम गरेको थिएँ । अहिले त धेरै समय पार भइसकेको छ । मलाई स्वास्थ्यले पनि धेरै साथ दिएको छैन तर मसँग जोडिएका स्मृतिहरू कति छन् कति । मधुपर्कसँग जोडिएका सन्दर्भ र स्मृतिबारे म प्रत्यक्ष कुराकानी गर्न चाहान्थेँ तर अस्वस्थ्यताका कारण छोरा मदनराज थापाको सहारामा जवाफ दिँदैछु । अहिले मलाई धेरै बोल्न पनि मिल्दैन । यसमा दुःख नमान्नुहोला ।

सिरिमा सिरि

  • by

सिरिमा सिरि नि कान्छा बतासै चल्यो
बाबरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरो निरमाया

ढुंगाको छानु नि कान्छी टिनको छानु
नौतले घरको बाहसम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो माया लैजाऊँ कहाँसम्म सुन मेरी निर्मया

लोकसाहित्यको आत्मा हो सोरठी

  • by

सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन् । यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन् । जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ ।