Skip to content

हाम्रो तेन्जिङ शेर्पाले


हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा

सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो
हिमालचुली खानीको विश्वमा झल्कने रत्न हो
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

सुनकोशीको मुलैमा दिलको तिर्खा मेट्यो हो
हिलारीलाई फुल्याउदै लुकेका बाटा देख्यो हो
गाड्यो झण्डा तेन्जिङले विश्वको अग्लो धुरीमा

डाँफे चरी आएर पङ्ख खोली नाचे हुन्
हिमाल छोरो पाएर गौरीशंङ्कर हाँसे हुन्
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

उँभो चुली कैलाशमा होइ पानी पिउनै पाएन
स्वर्गको शिर चुम्नलाई हार कत्ति खाएन
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

धन्य वीर बहादुर औतार तैँले लिएको
नामको छोरो दुवै दिन बाँच्न जन्म लिएको
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *