नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास
प्राचीन मिथिला राज्य (त्रेतायुगीन)को राजधानी जनकपुरधाम रहेको र राजषिर् जनक त्यस पौराणिक राज्य मिथिलाका राजा रहेका र उक्त स्थान नेपालमा नै रहेको पुष्टि उपनिषद्कालीन विभिन्न महाकाव्यहरू- वाल्मीकिरचित रामायण, गोस्वामी तुलसीदासकृत रामचरित मानससमेतबाट भएको छ । राजर्षि जनक र उनकी सुपुत्री जगतजननी सीता नेपालका अग्रणी राष्ट्रिय विभूति रहेकोबाट समेत यो छर्लङ्ग हुन आउँछ तर मैथिली भाषासहितको विकासको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा हरिसिंहदेवको १३२४ ई. मा आगमनपश्चात् कर्णाट शासनकालमा मैथिली भाषा-साहित्यका विद्वान्, कवि, साहित्यकार आदिले पर्याप्त आदर प्राप्त गरेका थिए ।
