लोकसाहित्यलाई आधुनिक परिष्कृत र विकसित साहित्यको जननीका रूपमा प्रायः सबै भाषाका साहित्यकारहरूले मानेका छन् । जहाँसम्म नेपालको मैथिली लोकसाहित्यको उद्भवको कुरा छ, त्यसको इतिहास धेरै प्राचीन छ । अझ स्पष्टरूपमा भन्ने हो भने त्यसको प्रारम्भ प्राचीन मिथिला राज्यका राजषिर् एवं ब्रहृमषिर् जनकको कार्यकाल -त्रेता युग) देखि नै भएको कुरा पौराणिक महाकाव्यहरू वाल्मीकि रामायण र तुलसीदासकृत रामचरितमानस आदिहरूबाट समेत पुष्टि हुन आउँछ । लोकसाहित्यका विभिन्न एघारवटा विधाहरूमध्ये ‘लोककथा’ एक प्रमुख विधा हो । मैथिली लोकसाहित्यको उद्भवकाल पाँचौ-छैठौँ शताब्दीदेखि भए पनि लिखित एवं परिष्कृत मैथिली साहित्यको विकास चौधौँ शताब्दीमा ज्योतिरीश्वर ठाकुरको वर्णरत्नाकर भन्ने ग्रन्थबाट भएको हो । नेपालमा मैथिली नाटकको उल्लेखनीय विकास मल्लकालीन राजाहरूको पालामा -सन् १३९८ ई. देखि १७७७ ई. सम्म) अभूतपूर्व ढङ्गले काठमाडौँ उपत्यकामा भएको थियो र झण्डै डेढ सय जति नाटकहरू मल्ल राजाहरूद्वारा लेखिएका थिए भने मैथिली भाषाले राजभाषाको स्थानसमेत प्राप्त गरेको थियो तर सन् १७७२ ई. मा पृथ्वीनारायण शाहद्वारा आधुनिक नेपालको एकीकरणपश्चात् नेपाली भाषाको मात्र एकाधिपत्य स्थापित भई अन्य कुनै पनि भाषाले विकास गर्ने मौका पाउन सकेन । वि.सं. २०२५ सालमा काठमाडौँमा ‘अखिल नेपाल मैथिली साहित्य परिषद्’ को गठन भयो तर पनि पूर्वको नारा ‘एउटा भाषा एउटै भेषले गर्दा नेपालीबाहेक अरू भाषाको विकास अवरोधित नै रहृयो । विगतका तीन दशकमा नेपालमा लेखिएका मैथिली कथाहरू आˆनो कथ्य र शिल्पले गर्दा समसामयिक कथा साहित्यको दाँजोमा कुनै पनि हालतमा कमजोर छैनन् । यद्यपि सङ्ग्रहको रूपमा थोरै पुस्तक बाहिर आउन सकेका छन् ।
हुगली उपर बहैत गङ्गा -हुगलीमाथि बग्दै गरेको गङ्गा) मैथिली कथासङ्ग्रह रामभरोस कापडी ‘भ्रमर’ को सन् २००८ र वि.सं. २०६५ सालमा रामानन्द युवा क्लब जनकपुरधाम-८ बाट प्रकाशित ३२ वा कथाहरू भएको दोस्रो कृति भए पनि नेपालबाट प्रकाशित कथाको पहिलो कृति हो । उहाँले मैथिली कथासाहित्यमा सन् १९७३ देखि नै कलम चलाउँदै आउनुभएको छ र उहाँको कथासङ्ग्रह तोरासँगे जउबौं रे कुजबा छिमेकी मुलुक भारतको मैथिली अकादमी पटनाबाट सन् १९८४ मा प्रकाशित भएको थियो । यो नै नेपालको प्रथम मैथिली कथासङ्ग्रह हुन पुग्यो ।
नेपालबाट मैथिली कथासङ्ग्रह प्रकाशन कार्यको थालनी स्व. डा. ‘धीरेन्द्र’ को सम्पादकत्वमा नेपालका प्रतिनिधि मैथिली गल्पबाट सन् १९८२ अर्थात् २०३८ सालमा जानकी पुस्तक भण्डार, जनकपुरधामद्वारा भएको दुई वर्षपछिक श्री ‘भ्रमर’ को पहिलो कथासङ्ग्रह भारतबाट , डा. रेवतीरमण लालको कथासङ्ग्रह, डा. सुरेन्द्र लाभको कथासङ्ग्रह र आयोध्यानाथ चौधरीका कथासङ्ग्रहहरू प्रकाशित भएका छन् ।
रामभरोस कापडि ‘भ्रमर’ ले सन् १९७३ देखि अर्थात् २२ वर्षको उमेरदेखि कथाविधातिर कलम चलाउन थाल्नु भएको छ र हालसम्ममा अन्य विधाका रचनाहरूबाहेक उहाँका दुईवटा कथा सङ्ग्रह मात्र प्रकाशित हुन सकेका छन् । मैथिली साहित्यसाधनाका क्रममा उहाँले विविध विधामा जस्तै-कथा, कविता, नाटक, पत्रकारिता आदिमा निरन्तर रूपमा कलम चलाउँदै आएको प्रतिफलस्वरूप विभिन्न निकायबाट सम्मानित पनि भइसक्नुभएको छ । उहाँका कथा, कविता, नाटक, समालोचना आदिका डेढ दर्जन पुस्तक प्रकाशित छन् ।
‘भ्रमर’ का ३२ वटा कथाहरू भएको कथासङ्ग्रह हुगली ऊपर बहैत गङ्गा, जो विकृतिमध्ये शुद्धताको प्रतीक हो, लाई हेर्दा कथाकारले विगतदेखि हालसम्मका सामाजिक विविध परिवेशबारे आˆना कथाहरूका माध्यमबाट चित्रित गर्नुभएको छ । कथाक्रमको दृष्टिबाट हेर्दा ‘भगजोगनी’ कथाद्वारा कथाकारले आधुनिक युगको भोग-ऐश्वर्य-लिप्सामा एउटा विवाहिता स्त्रीले आˆनो जीवनको यथार्थ र वास्तविकता नबुझी धनाढ्य परपुरुषसँग केही वर्षसम्म मोज मनाउँछे तर अन्तमा त्यसबाट तिरस्कृत भएपनि आफूलाई सुधार्ने प्रयास गर्छे भन्ने कथावस्तु प्रस्तुत गर्नु भएको छ । दोस्रो कथा ‘अन्हारमे भोतिआएल एकटा सिपाही’ ले ‘के अरूको सधैँ भलो गर्ने, व्यक्तिलाई यो स्वार्थी संसारले मानवीय संवेदनशीलता र मानवता बिर्सेर सधैँ नै उपेक्षा गरिनै रहने छ त?’ भन्ने सन्देश सम्प्रेषित गर्छ । तेस्रो ‘असक्क’ कथाले वृद्धावस्थामा पुगेकी बृद्धालाई बुहारीले विविध प्रकारको यातना दिइरहने अमानवीय व्यवहार आजको पिँढीका लागि प्रेरणापद सन्देश दिएको छ । चौथो कथा ‘माटिक दरद’ आˆनो जीविकासँग अभिन्न रूपले गाँसिरहने गरिब कृषकको यथार्थ जीवनचित्रण हो भने पाँचौँ कथा ‘मनःस्थितिक दंश’ का माध्यमबाट दुश्चरित्र वृद्धद्वारा आˆनै पुत्रवधुसँग पटक पटक अनैतिक सम्बन्ध गर्ने र पुत्रवधुले कामलिप्सा तृप्त गर्न प्रतिकार नगर्ने सामाजिक घोर विकृतिपूर्ण परिवेशको चित्रण भएको छ । छैठौँ कथा ‘पांक’ पनि एउटा भ्रष्टा र कामुक स्त्रीको जीवनको भ्रष्ट परिवेशको नै आभास गराउँछ । सातौँ कथा ‘कामरेड’ले लोकतान्त्रिक परिवेशको परिवर्तनको आभास गराउँछ भने आठौँ कथा ‘एकता कारी साँझ’ ले विवश नवयौवनाले भोग्नुपरिराखेको विविध यातनाको आभास गराउँछ । यसप्रकार विभिन्न शीर्षकयुक्त कथाले विगत र वर्तमानका विभिन्न परिवर्तित परिवेशका जीवनसँग सम्बद्ध घटनाहरूको चित्रण गरेका छन् ।
उत्तरार्द्धको्े अठारौँ कथाक्रमा रहेका ‘आब बूढी घरि अओतीह’ शीर्षक कथाले पितामाताद्वारा अनेकौँ कष्ट सहेर छोराहरूलाई पढाएर ठूलो हाकिम बनाइदिए पनि तीनै छोराहरूले वृद्धावस्ाथमा मातापिताको पटक्कै बेवास्ता गर्नु अचेका युवापिँढीमा व्याप्त मानसिक विकृति तथा घोर स्वार्थी एवं अमानवीय चरित्रको चित्रण गरेको छ । त्यस्तै ‘तरबोरा’ कथाले सामाजिक सद्भाव र संवेदनशीलताको अद्धितिय चित्र प्रस्तुत गरेको छ । जसलाई आजको परिवशेका लागि अनुकरणीय मान्नुपर्छ । सांस्कृतिक परिवेशको परम्पराको द्योतक ‘सीरी पंचमी’ शीर्षक कथा रहेको छ । ‘जीत अपन-अपन’ शीर्षक कथाले राजनीतिमा लाग्नेहरूले आ-आˆना निहीत क्षुद्र स्वार्थ पूर्तिका लागि राष्ट्रसेवकहरूको जीवन तथा नोकरीसँग कस्तो प्रपञ्चपूर्ण खेलवाड गर्दे आएका छन् त्यो देशकेा वर्तमान राजनीतिक परिवेशको प्रत्याभूति गराउँछ । ‘इजेरिया रातुक सपना’ मिथिलाञ्चलको ग्रामीण गार्हस्थ जीवनकेा परिचायक छ भने ‘अमरलती’ शीर्षक कथाले एक दुश्चरित्रा स्त्री, जो आˆनो पति , घरबाट सबै त्यागेर आˆनो मोजमजाका लागि परपुरुषसँग जीवन विताउने अरूको लोग्नेलाई फसाएर उसको घर बर्बाद गर्नेसम्बन्धी विषयवस्तुको सफल प्रस्तुती गरेको । ‘सम्बन्धक पीडा’ कथाले प्रेमविवाह गर्नेको जीवनको समस्यालाई चित्रित गरेको छ भने ‘फलेस बैङ्क’ ले केटाकेटीदेखिको अनुभूतिहरूलाई प्रौढावस्थामा संस्मरण गराउने मनोवृत्तिलाई प्रष्ट्याएको छ । अन्तिम कथा ‘हुगली उपर बहैत गङ्गा, शीर्षक कथा जो कथासङ्ग्रहको शीर्षकपुस्तक नै हो, केही आˆनै मौलिक विशिष्टताले परिपूर्ण छ । यस कथाको विषयवस्तु धेरैलाई अपत्यारिलो पनि लाग्न सक्छ तर कथाको विषयवस्तुअनुसार कथा नायक ‘हीरामन’ र कथानायिका ‘सोनाबाई’ को लाग्न सक्छ तर कथाको विषयवस्तुअनुसार कथा नायक ‘हिरामन’ र कथानाकिा ‘सोनाबाईको जीवनका अल्प क्षणका अनुूतिले ‘कोयलाको खानीबाट हीरा उत्पादन हुुने उखानलाई चरितर्थ गरेको छ । कथामा कथावस्तुको जुन रूपमा प्रस्तुती छ, त्यसले वास्तवमना -हुगली उपर अर्थात् सामान्य अवस्थाभन्दामाथि बहैत गङ्गा) पवित्रता श्रेष्ठ हुन्छ भन्ने आभास गराउँछ र त्यसैले यस कथासङ्ग्रहको नामकरण यसै कथाको शीर्षकबाट गरिएको एकदम सार्थक र उपयुक्त छ ।
