मधुपर्क २०६६ जेठ
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा
साहित्यिक पत्रकारिताले नेपाली पत्रकारिताकै प्रारम्भ गर्ने जस पाएको छ तर एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसले शारदाकालीन समस्याबाट समेत पूर्ण मुक्ति पाउन सकेको छैन । संस्थागत विकास र विक्री-विज्ञापनका दृष्टिले यो क्षेत्र न हिजो आत्मनिर्भर बन्न सक्यो, न आज यसले अपेक्षित विज्ञापन र पाठक पाउन सकेको छ । सङ्ख्याका दृष्टिले असन्तोष मान्नुपर्ने ठाउँ नरहला ।
