मुना मासिक
धरहरा चढ्दाको मज्जा
आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो ।
खै ! यमुना मिस त अझै आउनु भएन नि । मनीषाले भित्तामा टाङ्गएिको घडी हेर्दै भनिन् । भर्खर दस त बज्यो । साढे दस बजे भन्नुभएको होइन ? बाटोमा आउदै हुनुहुन्छ होला – बिसुले सबैलाई नाइकेको भाषामा सम्झाउदै भन्यो । सबै केटाकेटीहरू यमुना दिदीको बाटो हेर्दै बालगृहको आगनमा आएर टोलाइरहे ।
शीर्षक के हो ?
सर्पले पुतलीलाई सोध्यो -“तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?”
पुतलीले भन्यो -“एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।”
पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।
सर्पले डाक्टरलाई परैबाट भन्यो -“डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार………।”
डाक्टरले चिच्याउदै भन्यो -“नाइ…….नाइ !” डाक्टर भाग्दै थियो ।
सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।
चराको भाषा बुझ्ने वैद्य
धेरै पुराना कुरा हो । यूनान (ग्रीस) मा एकजना भविष्य बताउने मानिस थियो । उसको नाम मेलाम्पस थियो । उसले भविष्य त बताउथ्यो नै, राम्रो उपचार गर्ने वैद्य पनि थियो । उसले उपचार गरेपछि रोग र्फकंदैनथ्यो ।
पहिले उसमा यस्तो शक्ति थिएन । भविष्य देख्ने र औषीध गर्ने शक्ति उसलाई सर्पले दिएको थियो । एकदिनको कुरा हो मेलाम्पसका नोकरहरूले सर्पका जोडीलाई मारेछन् । उनीहरू त सर्पका बच्चाहरूलाई पनि मार्न चाहन्थे तर मेलाम्पसले उनीहरूलाई बचाए । सर्पका बच्चाहरू खुसी भए । एकदिन मेलाम्पस निदाएको बेला, ती सर्पहरूले मेलाम्पसको आखा र कानमा चाटे । यो घटना पछि मेलाम्पसले भविष्य देख्ने र औषधी गर्ने शक्ति पायो । साथै ऊ पशुपन्छी र किराहरूको भाषासमेत बुझ्न सक्ने भयो ।
उँट र स्याल
एकदिन स्याल र उँटको भेट भयो । अचानक उँटलाई देख्नेबित्तिकै स्यालले उँटसाग उसको परिचय माग्यो र आˆनो परिचय पनि दियो । यसरी परिचयको आदान प्रदान भएपछि उनीहरू एक अर्काको अभिन्न मित्र बने । आˆनो गाउँमा एक्कासि उँटसाग भेट गर्ने सुवर्ण अवसर पाएको सुखद उपलक्ष्यमा स्यालले उँटसाग मित लाउने प्रस्ताव राख्यो । प्रस्ताव स्वीकृत भयो । उनीहरूले ‘मित’ लगाए र त्यस रात स्यालको अनुरोधमा उँट पनि मितको घरमा बस्यो । भोलिपल्ट बिहान भयो । समयमै उँट र स्याल दुबै ब्याँझिए । बेला यस्तै हिउँदको थियो । मितहरू दुबै बसेर सल्लाह गर्न थाले । स्यालले भन्यो- “मितज्यू ! अब आजको योजना म बनाउँछु, त्यसैअनुरूप चलु, भोलिको लागि तपाईं बनाउनुहोला, हुन्न ?” उटले मित्रको कुरा मञ्जुर गर्यो ।
- « Previous
- 1
- 2
