नारायण तिवारी
निदाएँ (लघुकथा)
मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।
उपहार ससुराको फैसला हजुरबाको
हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ । अर्थात् ‘प्रीति’ बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।
विपरीत
मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो ।
एक जुगमा एकदिन
जिन्दगीमा पहिलोपल्ट उसलाई आफ्नो शिर ठाडो भएर उठेको महसुस भएको छ । जतिपटक ब्यारेकअगाडिबाट बाटो काट्थ्यो, त्यतिपटक उसको शिर निहुरन्िथ्यो । ‘श्री ५ महाराजाधिराज सरकारको जय जय जय, श्री ५ बडामहारानी सरकारको जय जय जय ‘ जतिपटक ऊ पढ्थ्यो, त्यतिपटक उसलाई घृणाले थुक्न मन लाग्थ्यो र बसको बाहिरबाट मुन्टो निकालेर पिच्च थुकिदिन्थ्यो । फेर िडर पनि लाग्दथ्यो, कसैले देखिहाले भने – अर्थात्, त्यहा“ पहरामा बस्ने सेनाको जवानले देखिहाल्यो भने…- उसको शरीरका छाला काडिन सक्थे । ‘तै“ले कसलाई थुकेको – राष्ट्रियताप्रति यस्तो अपमान – राष्ट्रिय एकताको प्रतीक सरकारप्रति यस्तो घृणा – ठोक यसलाई…†’ यसो भनिन र त्यसो गरनि सकिन्थ्यो ।
