Skip to content

कार्तिकेय घिमिरे

साँच्चैको हिरो

बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।
हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो ।

भोक

  • by

गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्

हनुमानले सूर्य निले

  • by

एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगाम

शीर्षक के हो? (मुना २०६६ जेठ)

  • by

रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो ।

राम र श्याम दुबै बेस्सरी रोए

  • by

रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।

‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो ।

तिम्रो चौकी भत्काइदिन्छु

  • by

लखन्देही खोला बगिरहेको छ। रामजनम, जानकी, फुल्बा र चौते अहिले पौडी खेल्दै रमाइरहेका छन्। खोलाको बगर छेउमा तिनीहरू सबैजनाको घर छ। साना?साना खरले छाएका, माटोले पोतेका घरहरू चिटिक्क राम्रा देखिएका छन्।

आज रमाइलो छ है’? चौतेले हौसिदै भन्यो। उसको कुरा सुनेर अरू सबै साथीहरू झन् आनन्द लिएर पौडन थाले।

धरहरा चढ्दाको मज्जा

  • by

आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक अर्काको मुख हेरेर मुसुमुसु हास्न थाले । साच्चै धरहरा घुम्न जाने कुराले सबैमा खुसी छाएको थियो ।

खै ! यमुना मिस त अझै आउनु भएन नि । मनीषाले भित्तामा टाङ्गएिको घडी हेर्दै भनिन् । भर्खर दस त बज्यो । साढे दस बजे भन्नुभएको होइन ? बाटोमा आउदै हुनुहुन्छ होला – बिसुले सबैलाई नाइकेको भाषामा सम्झाउदै भन्यो । सबै केटाकेटीहरू यमुना दिदीको बाटो हेर्दै बालगृहको आगनमा आएर टोलाइरहे ।