Skip to content

उद्धव उपाध्याय

के छ गधाले बोकेको फलामको बाकसमा ?

इरान देशमा पहिले राजा थिए । उनी जनताको भलाइ गर्न सधैँ अगाडि सर्थे तर पनि देशका पहाडी जिल्लाहरूमा बस्ने मानिसहरू गरिब थिए । धेरैले भेंडा चराएर आˆनो जीवन चलाउँथे । उनीहरूको जीवन भेंडा गोठालामा नै बित्थ्यो । एउटा गाउँमा दारा नाम गरेको एउटा भेंडा गोठालो थियो । अरू गोठालाहरू जस्तै उसले पनि लेख्न पढ्न जानेको थिएन । ऊ कहिल्यै पनि स्कुल गएन । तर ऊ धेरै बुद्धिमान र सरल थियो ।

स्वार्थी राक्षस र स्वर्गका बालक

  • by

एउटा राक्षस थियो । उसको बगैँचा निकै राम्रो थियो । स्कूलबाट घर र्फकँदा केटाकेटीहरू राक्षसको त्यो बगैँचामा खेल्न मन पराउँथे । उनीहरू दिनहुँजसो यहाँ खेल्न आउँथे । बगैँचाको भुइँ हरियो दुबोले ढाकिएको थियो । बगैँचाका ठाउँठाउँमा सेता फूलहरू फुलेका हुन्थे मानाँै ती फूलहरू केटाकेटीहरू खेलेको हेरिरहेका थिए । त्यो बगैँचामा बाह्रवटा आरूका रूखहरू पनि थिए । वसन्त ऋतुमा ती आरूका रूखहरूमा सेता र गुलाफी रङ्गका राम्रा-राम्रा फूलहरू फुल्थे । शरद ऋतुमा लटरम्म आरू फल्थे । रूखमा आई चराहरू रमाई-रमाई गीत गाउँथे । केटाकेटीहरू चराका गीत सुनेर खेल्न पनि बिर्सन्थे । उनीहरू भन्थे, “कति रमाइलो, हामी कति खुसी छौँ यहाँ!”

अनौठो जादुको भाँडो

कुनै गाउँमा दुई बूढाबूढी बस्थे । उनीहरूको घर अग्लो ठाउँमा थियो । होचो जमीनमा अरू गाउँलेहरूको घर थियो । त्यो होचो ठाउँ तलाउजस्तो आकारको थियो । गाउँलेहरू अलि दुष्ट मिजासका भएका हुँदा उनीहरू गाउँबाट अलि माथि बसेका थिए । साँझ परेको थियो । दुई बूढाबूढी रातको खाना खाई ढोका बाहिर गफ गरिरहेका थिए । गाउँमा केटाकेटी कराएका र कुकुर पनि लगातार भुक्न थालेकोले उनीहरूको गफमा बाधा पर्‍यो । कुकुरको भुकाई र केटाकेटीको हल्ला झन् झन् नजिकिन थाल्यो ।

नाच्ने कितली

धेरै वर्ष पहिले जापानमा मोरन्जी नाम गरेको एउटा मन्दिर थियो । त्यो मन्दिरमा एक मठाधीश पनि थियो । त्यो मठाधीशलाई चिया खुबै मनपथ्र्याे । ऊ चिया पकाएर अरूलाई खुवाउन पनि खुबै रूचाउँथ्यो ।

एक दिन उसले बजारमा एउटा राम्रो चिया पकाउने कितली देख्यो । त्यो कितली उसलाई किनूँ किनूँ लाग्यो । कितलीको आकार प्रकार मन लोभ्याउने भएकोले उसले किन्यो । त्यो कितली किनेपछि उसलाई कुन बेला मन्दिरमा पुगेर चिया पकाएर खाउँजस्तो लाग्यो । उसले सहनै सकेन । यति राम्रो कितलीमा पकाएको चिया पनि स्वादिलो नै हुन्छ । पकाएर अरूलाई खुवाउन झनै रमाइलो हुने उसलाई यति राम्रो कितली अरूलाई पनि देखाउन मन लाग्यो ।

चराको भाषा बुझ्ने वैद्य

  • by

धेरै पुराना कुरा हो । यूनान (ग्रीस) मा एकजना भविष्य बताउने मानिस थियो । उसको नाम मेलाम्पस थियो । उसले भविष्य त बताउथ्यो नै, राम्रो उपचार गर्ने वैद्य पनि थियो । उसले उपचार गरेपछि रोग र्फकंदैनथ्यो ।

पहिले उसमा यस्तो शक्ति थिएन । भविष्य देख्ने र औषीध गर्ने शक्ति उसलाई सर्पले दिएको थियो । एकदिनको कुरा हो मेलाम्पसका नोकरहरूले सर्पका जोडीलाई मारेछन् । उनीहरू त सर्पका बच्चाहरूलाई पनि मार्न चाहन्थे तर मेलाम्पसले उनीहरूलाई बचाए । सर्पका बच्चाहरू खुसी भए । एकदिन मेलाम्पस निदाएको बेला, ती सर्पहरूले मेलाम्पसको आखा र कानमा चाटे । यो घटना पछि मेलाम्पसले भविष्य देख्ने र औषधी गर्ने शक्ति पायो । साथै ऊ पशुपन्छी र किराहरूको भाषासमेत बुझ्न सक्ने भयो ।