मुना मासिक
सहयोगी मैना
झिसमिसे बिहानीमा कस्तुरी सधैँझैँ आहाराको खोजीमा आˆनो बासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तुरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्यो । घाँस उमि्रएको ठाउँमा केही खाल्डो भएकोले कस्तुरी उफ्रिएर तल झर्यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो । पीडाले आत्तिँदै कस्तुरी खाल्डोबाट बाहिर निस्कियो । कस्तुरीले आफ्नो पेटमा बिझेको काँडा झिक्न सकिन्छ कि भनी निक्कै कोसिस गर्यो तर सकेन । असहृय पीडाले रन्थनिँदै आफ्नो बासस्थानतिर र्फकदै गर्दा कस्तुरीले रूखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो, ‘सुगा हेर न, मेरो पेटमा निलकाँडा बिझ्यो । झिकिदेऊ है ।’
खसी चोरको बिजोग
कुनै गाउँमा भुन्टे र भुन्टी नाम गरेका बूढाबूढी बस्दथे । उनीहरूका सपना र विपना नाम गरेका दुई छोरी थिए । छोरीहरू ठूली भइसकेकाले बूढाबूढीलाई उनीहरूको विवाहबारे चिन्ता हुन थाल्यो । छोरीहरू सुहाउँदो दुलाहा फेला नपरेकाले उनीहरू झन् चिन्तित बन्न पुगेका थिए । केही नलागेपछि बूढाबूढीले भोलि बिहानै आˆनो घरमा जो आउँछ उसैसाग छोरीको विवाह गरिदिने सल्लाह गरे ।
बूढा बाको अर्ती
एउटा गाउँमा धनी मानिस बस्दथे । उनका दुई छोरा थिए । । जेठोको नाम श्याम थियो र कान्छोको नाम रामु थियो । श्याम चाहिँ बाठो थियो । ऊ आफूभन्दा ठूलाले भनेको कुरालाई ध्यान दिएर सुन्ने र विचार गर्ने गथ्र्यो । भाइ रामु कुनै कुराको वास्ता गर्दैनथ्यो । सधैं खेलेर बिताउँथ्यो । समयअनुसार दुबै दाजुभाइ ठूला भए । यता उनीहरूका ती धनी बाबु बूढा भइसकेका थिए । लामो समयदेखि उनी बिरामी थिए । मर्नुभन्दा अगाडि उनले आˆना दुबै छोरालाई बोलाएर भने – हेर, हाम्रो यत्रो सम्पत्ति छ, यसलाई कसरी जतन र सुरक्षित गर्ने भन्ने कुरा म तिमीहरूलाई भन्छु । एक – खाना खाँदा आकाशको ठूलो बत्ती बलेकै होस् । दुई आफ्नो घरलाई चतुरो जनावरको दाँतहरूको बार लगाउनु । तेस्रो कहिल्यै नसकिने बियाँ दिन्छु । त्यसलाई खाएर पनि बचाइराख्न सकिन्छ र त्यसलाई केही मिहिनेत गर्नुपर्छ । अनि आˆनो सम्पत्ति कहिल्यै सकिँदैन, बरु बढेर जानेछ । यति भन्दै ती धनी मान्छे मरे ।
नाच्ने कितली
धेरै वर्ष पहिले जापानमा मोरन्जी नाम गरेको एउटा मन्दिर थियो । त्यो मन्दिरमा एक मठाधीश पनि थियो । त्यो मठाधीशलाई चिया खुबै मनपथ्र्याे । ऊ चिया पकाएर अरूलाई खुवाउन पनि खुबै रूचाउँथ्यो ।
एक दिन उसले बजारमा एउटा राम्रो चिया पकाउने कितली देख्यो । त्यो कितली उसलाई किनूँ किनूँ लाग्यो । कितलीको आकार प्रकार मन लोभ्याउने भएकोले उसले किन्यो । त्यो कितली किनेपछि उसलाई कुन बेला मन्दिरमा पुगेर चिया पकाएर खाउँजस्तो लाग्यो । उसले सहनै सकेन । यति राम्रो कितलीमा पकाएको चिया पनि स्वादिलो नै हुन्छ । पकाएर अरूलाई खुवाउन झनै रमाइलो हुने उसलाई यति राम्रो कितली अरूलाई पनि देखाउन मन लाग्यो ।
कमण्डलुको जल
जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही धारा यता उति फाल्दै थियो । यस्तैमा एउटा धारा छेपारोको मुखमा परेछ । पहिले त छेपारो दूधको न्यानो धारबाट झस्क्यो । पछि उसले मुखमाथिको दूध चाट्न थाल्यो । दूधको स्वाद उसलाई मीठो लाग्यो । अनि ऊ बाछोको भाग्य देखेर दङ्ग पर्यो । यसपछि उसलाई पनि बाछो हुन पाए हुन्थ्यो भन्ने कुरा मनमा उठ्न थाल्यो ।
