Skip to content

दुई थोपा आँसु (चलचित्र)

साँची राखुँ जस्तो लाग्छ

  • by

साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई

डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने
थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने
सपनीमै पाए हुन्थ्यो नीदभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई

जून त लाग्यो ताराले

  • by

जून त लाग्यो ताराले मन त लाग्यो मायाले
यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले

रंगी-बिरंगी फूलको थुँगा-थुँगा टिपेर
तिमी हिँड्ने गोरेटो सपनाले भरेर
आँखाको नानीमा सजाउनेछन् साराले