Skip to content


तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
हर पल तिम्रै साथ खोजिरहन्छ

दिन जहाँ ढल्छ रातको हात
खुसी सबै मेरो तिम्रो नै साथ
तिर्सनाको यो मनको तिमी नै हौ कि
डाँडा खोलामा गर्छु यस्तै बात
हर पल तिम्रै साथ खोजिरहन्छ

जीवनले के खोज्छ त्यो माया हो कि
वनले नजानी फकाई लाने हो कि
यसरी सधैँ नै तिम्रै मायामा
लहलह फूल जुनेलीको जून
जस्तो धर्ती आकास मोहनी लाउँछ

शब्द – तुलसी घिमिरे
स्वर – इन्द्रजीत मिझार, हिरा रसाइली
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *