http://dacharya.blogspot.com
कटुवाल, नेता र बाँदरको कथा
“A long dispute means that both parties are wrong” -Voltaire
साधारणतया कुनै झगडा वा बिबाद भयो भने, कुनै एक पक्षलाई सहि र अर्को पक्षलाई गलत मानिन्छ। सिद्धांतगत रुपमा हेर्दा यो ठिक देखिए पनि व्यबहारमा भने यो गलत पनि हुन सक्छ । कमसेकम मैले भने धेरै पटक यस्तो अनुभव गरेको छु ।
सन्दर्भ प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई सरकारले मागेको स्पष्टीकरण र त्यसपछिको राजनैतीक सरगर्मिको हो । अब यो बिबाद हटाउन खोज्ने र हटाउन लागीएको व्यक्तिमा मात्र सिमित रहेन, हुत्तिहारा नेतृत्व, नालायक नेता, र ससमर्थन र बिरोधमा बुझ्दै नबुझी हामफालि हाल्ने भिडको मानसिकताका कारण यो बिबाद अब देशको सिमारेखा समेत नाघेर विदेशिको पोल्टामा पुगी सकेको छ ।
‘साईड ईफेक्ट’ (लघुकथा)
यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।
बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।
