“A long dispute means that both parties are wrong” -Voltaire
साधारणतया कुनै झगडा वा बिबाद भयो भने, कुनै एक पक्षलाई सहि र अर्को पक्षलाई गलत मानिन्छ। सिद्धांतगत रुपमा हेर्दा यो ठिक देखिए पनि व्यबहारमा भने यो गलत पनि हुन सक्छ । कमसेकम मैले भने धेरै पटक यस्तो अनुभव गरेको छु ।
सन्दर्भ प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई सरकारले मागेको स्पष्टीकरण र त्यसपछिको राजनैतीक सरगर्मिको हो । अब यो बिबाद हटाउन खोज्ने र हटाउन लागीएको व्यक्तिमा मात्र सिमित रहेन, हुत्तिहारा नेतृत्व, नालायक नेता, र ससमर्थन र बिरोधमा बुझ्दै नबुझी हामफालि हाल्ने भिडको मानसिकताका कारण यो बिबाद अब देशको सिमारेखा समेत नाघेर विदेशिको पोल्टामा पुगी सकेको छ ।
यहाँ, म कटुवालको पक्षमा उनको बहाली कायमै रहनु पर्छ भनेर हैन, सरकारको पक्षमा कटुवलाई हटाउनै पर्छ भनेर पनि होईन, केवल एकजना साधारण नेपाली भएको नाताले लेख्दैछु । कानूनका जानकार नभएको नाताले यो प्रकरणको कानूनि जटिलता र यथार्थ नबुझी, कुनै भातमारा नेताले के भन्यो वा ५ रुपैयाको पत्रिकाले के लेख्यो भनेर त्यसको बिरोध वा समर्थनमा उत्रनु पक्कै पनि ठीक होईन र मैले यहाँ उठाउन खोजेको मुख्य मुद्दा पनि त्यो होईन ।
नेपालको सबै राजनैतीक संरचना र दिशा निर्देशको जिम्मा महामहिमलाई ठेक्कामा सुम्पेर सत्तामा टिक्न र सत्ता उल्टाउन समेत तीनै महामहिमको चरणमा साष्टाङ्ग दण्डबत् गरेर बस्ने निर्लज्ज संस्कृतिको बिकासमा लागेका सत्तापक्ष र विपक्षका बारेमा हो यो कुरा ।
गज्जबको राजनेताहरु छन हामिकहाँ, कसैलाई सत्तासिन गराउन पनि लैनचौरको प्रदक्षीणा गर्ने, अनी कसैलाई सत्ताच्यूत गर्न परे पनि त्यहीको भजन मण्डलीमा सामेल हुने । यसरी भएको बिबाद र अन्तमा लैनचौरको सल्लाह, निर्देश वा दबाबमा निस्कने निकास सहि हुन्छ कि गलत हुन्छ भन्ने बिषय मेरो दृष्ठिमा सधै गौण रहन्छ, किनकि यस्को कार्यबिधि आफैंमा गलत छ । यहानेर सधैं मलाई माथीको भोल्तेयरको बचन याद आउँछ कुनै एउटा बिबादमा कुनै एकपक्ष मात्रै गलत हुन्छन भन्ने छैन।
हालैको प्रसंगमा हेर्ने हो भने पनि कटुवाललाई हटाउने र थमाउन खोज्ने दुबैले महामहिमको सहायता लिन खोज्नुले यो प्रष्ट पार्छ । बिबादले ‘बिस्फोट’ को रुप नलिउन्जेल आफ्नै देशका अन्य दल र नेतासंग कुराकानी गर्ने बुद्दी हाम्रा कुनै पनि नेताहरुलाई कहिल्यै आएन । हाम्रा नेताहरु अन्तमा राष्ट्रीय सहमती खोज्छन त, त्यो पनि महामहिकै ईशारामा । महामहिकहाँ बिन्ती बिसाउन जानु अघि नै सहयोगी दल, बिपक्षी दल वा देशका अन्य प्रबुद्दवर्गसंग छलफल वा सल्लाह गरीएको भए सायद यस्ता धेरै कुराहरु ‘बिबाद’ नबनी ‘निकास’ बन्न सक्थे होलान, तर छिमेकीको खप्कि नखाएसम्म हामीहरु आफ्नै दाजुभाईलाई समेत मान्छे गन्दैनौं ।
हगी सकेपछि दैलो देख्ने मात्रै हैन, दैलो देखे पनि निच मारेर घरभीत्रै फोहर गर्ने कार्य हाम्रा नेताहरुको नैसर्गिक गुण र नेपाली राजनीतिको पहिचान भैसकेको छ । अनी सल्लाह र सहमतीमा तय हुनसक्ने बिषयहरुलाई पनि ‘पेलेर लाने’ ढुंगे युगको मानसिकताका कारण बिना सल्लाह कार्यान्वन गर्न खोज्नुलाई हामी बहादुरीसंग जोडेर हेर्छौं । अनि अन्तमा अनेक खिचातानी, समर्थन- बिरोध र हान-थाप पछि पल्लोघरका न्यायाधीशकहाँ पुग्छौं हामि। पल्लोघरका न्यायाधिशले चमत्कारी हात थाप्लोमा पार्नेले यसलाई ‘लोकतानत्रीक सहयोग’ को नाम दिन्छन भने आशिर्वाद पाउन नसक्नेले २-४ दिन यसलाई ‘हस्तक्षेप’ भएको भनेर बर्बराउँछ।
अझै केहि समय बित्दा, फेरी आशिर्वादबाट बन्चित भक्त, प्रदक्षीणा, होम-हवनमा व्यस्त हुन्छ र पुरानो आशिर्वाद प्राप्त भक्त आफ्नो ‘ईन्द्रासन’ डगमगाएको महशुस गरेर गिडगिडाउन थाल्छ । अनी फेरी यहि दूष्टचक्रमा फसेर दुबै मनुवा बाँदरले रोटी भाग लगाउने कथामा जस्तै सीगों रोटि लिएर न्यायाधिश कहाँ पुग्छन । कथामा मात्रै हैन बास्तबिकतामा पनि नयाँ तातो रोटी पून टुक्रा टुक्रा गरेर बाँदरले नै खान्छ ।
अत: यो बाँदरक चंगुलमा नफसी आफै रोटी भाग नलाए सम्म स्थितिमा कहिल्यै सुधार आउने छैन र माथिको बचन हाम्रालागि सधैं लागु भई रहेन छ। कटुबाललाई निकाल्नु पर्छ वा पर्देन भन्नेमा म केहि भन्दिन तर दुबैपक्ष गलत भएसम्म कुनै पनि समस्याको अन्तिम समाधान भने सम्भबै छैन ।
http://dacharya.blogspot.com/2009/04/blog-post_23.html
