Skip to content

स्याटेलाइट संस्कृति (लघुकथा)

म नेपालको प्रतिनिधित्व गर्न विदेश जाने केहि विद्यार्थिहरुको चयन गर्ने काममा खटिएको थिएँ । मेरो अगाडि यौटा समृद्ध परिवारको जस्तो देखिने १४-१५ बर्षको केटा थियो ।

अन्तरवार्ताको क्रममा मैले उसलाई सोधें “ नेपालको राजधानी शहर कुन हो?”, “उडमाण्डु!” उसले पूर्ण आत्मविश्वाससाथ तर अति उदेक लाग्ने जवाफ दियो ।

“धत् , नेपालको राजधानी काठमाण्डौ पो हो त … ” मैले सम्झाउन खोजें “ खै, नेपालका केहि सञ्चार माध्यमले त त्यसै भन्छन त” उसले तर्क तेर्स्यायो ।

“यौटा परम्परागत चाडको नाम भन त” मैले दोस्रो प्रश्‍न राखें। “ भेलिन्टाइन्स डे” उसले उत्साहित हुँदै जवाफ दियो । “यो कहाँ नेपाली चाड हो र? … ” मैले अलि गम्भिर भएर प्रतिप्रश्‍न गरें । “खै, रेडियो र पत्रिकामा दशैं भन्दा बढि चर्चा गरीयो त” उसले प्रमाण जुटाउन खोज्यो ।

“बुद्धको बारेमा केहि थाहा छ ?” मैले तेस्रो प्रश्‍न अघि सारें । “त्यो त हामीलाई पढ्नै पर्दैन” उसले अति सरलताले उत्तर दियो ।

आफ्नो सबै प्रश्‍नको सोचे भन्दा विल्कुल गलत जवाफ आएपछि अन्तमा मैले उसको परिचय मागें । उसले अघिल्ला सबै प्रश्‍नहरुको जवाफको कारण पनि छर्लङ्ग हुने गरी आफ्नो परिचय यसरी बतायो “ मेरो नाम अलवर्ट शर्मा हो, म क्रिश्‍चियन धर्ममा विश्‍वास गर्छु । हाल म विदेशी शिक्षक शिक्षिकाहरुद्वारा पढाईने यौटा अंग्रजी स्कुलमा पढ्छु । फुर्सतको समयमा स्टार टि.भि. हेर्छु, ईन्टरनेट चलाउँछु र एफ. एम.का कार्यक्रमहरु सुन्छु ।

http://dacharya.blogspot.com

6 thoughts on “स्याटेलाइट संस्कृति (लघुकथा)”

  1. अहा ! दिलीपजीको चौतारीको
    अहा ! दिलीपजीको चौतारीको शीतलता
    यो मझेरीमा पनि अनुभूत गर्न पाइयो, धेरै खुसी लाग्यो ।

  2. सानैमा, कुनै यस्तो बेला थियो
    सानैमा, कुनै यस्तो बेला थियो जब नेपालको बारेमा जान्नुमा, नेपालीमा राम्रो अंक ल्याउनुमा, कक्षामा उत्तमश्रेणी ल्याउनुमा, नेपाली साहित्य र राजनीतिका पुस्तक तथा पत्रपत्रिका पढ्नुमा एक किसिमको संकोच थियो। कारण, साथीहरू धेरै यस्ता थिए जो अंग्रेजी र हिन्दी गाना बजानामा पोख्त हुनुमा साह्रो गर्व गर्थे र नेपालको जे कोही प्रति अलि हेयको दृष्टिले हेर्थे। नेपालको कुरा नजान्नु भनेको ‘कुल’ हो। कस्तो संस्कार बिकसित थियो है! दोषी को हो त? ती १०-१२ वर्षे साथीहरू वा केबुल टिभी वा अनियन्त्रित रूपमा टिभी संस्कारमा बिगार्ने अभिभावक? जब ठुला मान्छेलाई आफ्नो पहिचानमा गर्व र परवाह छैन भने बच्चा (र पछि ठुला हुने ती बालक)को के दोष? उनीहरू पनि उस्तै त हुन्छन् नि!

  3. दिलिप जी
    गजब को लाग्यो

    दिलिप जी
    गजब को लाग्यो स्याटेलाइट सन्स्कृति !

    प्रकाश

  4. कृष्णजी तपाई-हामी भेटने र
    कृष्णजी तपाई-हामी भेटने र बिचार आदान-प्रदान गर्ने यो पनि आर्को अझ ठुलो चौतारी नै हो ! म पनि तपाईको रचनाहरु पढ्दै छु ।

    kbs जी !

    तपाईको कुरामा म १००% सहमत छु। छोरा-छोरीले नेपाली बोल्न नजान्दा गर्व हैन लज्जा हुनु पर्ने हो, तर के गर्नु संस्कार यस्तै चल्दै छ ।

    प्रकाशजी प्रोत्साहनको लागि धन्यवाद् ।

    Dilip Acharya

  5. दिलिप जी, धेरै समय पछि
    दिलिप जी, धेरै समय पछि मझेरीमा तपाईको रचनासँग भेट भयो । नेपालीको कुसंस्कारलाई मिठो लघुकथा को रुप दिनु भएछ , हामि सबैको समस्या भएकोले धेरैको मनमा यो कथा बस्ला जस्तो लाग्छ ।

  6. delip ge hajur ko story malai
    delip ge hajur ko story malai yak dami ramro lagyo sanchhai nai bhannu parda nepal ko yo durgte dekhada ra sabai nepali studant haru nepal bata studay ko lage aarko des ma gai utai plan huna hunda aaba ko 10 barsa pache hamro saskerti nai lop huna dar bhai sakyo. any way thankayu delip ge

Leave a Reply

Your email address will not be published. Required fields are marked *