गजल (गएपछि होश अँ पिएँ शायद) दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliSeptember 27, 20101 Commentगएपछि होश अँ पिएँ शायद । भरी गाग्रो थिएँ पोखिएँ शायद ।
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliDecember 5, 20092 Commentsकुरा बेग्लै थियो रातको । आहा साहारा त्यो हातको । जिन्दगि जिन्दगि भो बल्ल । तिमि भेटिए पश्चातको । न हत्तार न ओत होस । तब पो मजा बर्षातको । बिना पूजा बिना झारफुक । कट्यो दशा साँढे सातको ।
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliJune 30, 20094 Commentsसुनसान रातभै चुपचाप टोल्हाउँछु हुन्न हजुर ? जून भै आउनुहुँदा छातिमा लुकाउँछु हुन्न हजुर ? धेरै कविका मनसँगै हजुर कवितामा आउनुहुँदा । भाव सँगै बगी मनमनै मुस्काउँछु हुन्न हजुर ?
धेरै वर्षपछि आज दिनेश राज ज्ञवाली गीति कविता www.rajdinesh.blogspot.com by dineshraj gyawaliMay 21, 20096 Commentsधेरै वर्षपछि आज, फेरि घाउ दुख्यो छातीको । सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ? भिडले पन्छ्याएर एकातिर फालिदिन्छ , एकान्तले तर्साएर ,रहर सबै टालिदिन्छ । समय बदलियो ,देखेँ दुश्मन को साथी को। सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliMay 16, 20096 Commentsपिडा मनमा बेरियो, अनि गजल केरियो । आफ्नो रहर शेरियो , अनि गजल केरियो । दोबाटोमा भेट हुने , अन्जान मायालुको हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliMay 15, 20096 Commentsकति पर्खिनु, भैगो बिर्सिदिऊँ क्यारे । आफ्नो घाउ, आफैले नै सिऊँ क्यारे । यो रात कटे ,भोलि त हिजो जस्तै हो । मौका सम्झी ,एक गिलास पिऊँ क्यारे ।
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliMay 13, 20098 Commentsहाम्रो यो दूरी चुलिदैछ आजभोलि । लाग्छ मलाई भुलिदैछ आजभोलि । कहिले यस्को हातमा कहिले उस्कोमा । चोखो जल बिटुलिदैछ आजभोलि । सँगीसँग अर्कैका कुरा हुन्छन रे । बिचमा को को हुलिदैछ आजभोलि । मनमा के बोझ बढ्यो र त्यस्तो कुन्नि । खुब मन्दिर डुलिदैछ आजभोलि ।
गजल दिनेश राज ज्ञवाली गजल www.rajdinesh.blogspot.com by dineshraj gyawaliMarch 21, 20099 Commentsछोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु । भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु । घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे । कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।