गजल (गएपछि होश अँ पिएँ शायद)


गएपछि होश अँ पिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।

आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।

पानापाना मन, फलेंथे गजल ।
ढिलो गरी आयौ, टिपिएँ शायद ।

अब आऊ हेर, बेरङ्ग मनमा ।
यति चोट छ्यापे, रङ्गिएँ शायद ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “गजल (गएपछि होश अँ पिएँ शायद)”

  1. दिनेशजीको गजलको वजन नै ठुलो।
    दिनेशजीको गजलको वजन नै ठुलो। हिजोआज देखिने अधिकांश गजलभन्दा लम्बाई र बनोट अलि पृथक छ। यस गजलमा त्यति नदेखिए पनि, तपाईंका झर्रा नेपाली शब्दहरू पनि तपाईंको विशेषता हो। त्यसमाथि, गजल वाचन गर्दा तपाईंको अनुहारमा देखिने चमकमा अर्कै आकर्षण देखिन्छ, जून पाठकसमक्ष वर्णन गर्न गहारो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *