सुनसान रातभै चुपचाप टोल्हाउँछु हुन्न हजुर ?
जून भै आउनुहुँदा छातिमा लुकाउँछु हुन्न हजुर ?
धेरै कविका मनसँगै हजुर कवितामा आउनुहुँदा ।
भाव सँगै बगी मनमनै मुस्काउँछु हुन्न हजुर ?
मायाको सागरमा दुखको थोपा पनि पर्नेछैन ।
यति माया दिन्छुकि खुशिले रुवाउँछु हुन्न हजुर ?
फूलझैं आउनु भए शिरमा राख्छु प्रसाद सम्झी।
पत्थर भए एउटा मन्दिर बनाउँछु हुन्न हजुर ?
दिनेशलाई थाहा छ , कति बेइमान यो दुनिया ।
जानेका नढाँटी सबै रहस्य बताउँछु हुन्न हजुर?

Babal Gayechha SHRINKHALA
Babal Gayechha SHRINKHALA badda srijana!! GREAT!!
Alok
फूलझैं आउनु भए शिरमा राख्छु
फूलझैं आउनु भए शिरमा राख्छु प्रसाद सम्झी।
पत्थर भए एउटा मन्दिर बनाउँछु हुन्न हजुर ?
prakash poudel
मायाको सागरमा दुखको थोपा पनि
मायाको सागरमा दुखको थोपा पनि पर्नेछैन ।
यति माया दिन्छुकि खुशिले रुवाउँछु हुन्न हजुर ?
Dinesh ji….
Nice gajal………………..
keep it up………………
nice gajal
manoj
nice gajal
manoj