Skip to content

बिर्खे माईलाको ब्लग

तुषाराहरु

  • by

तुषाराहरु,
मेरा कल्पनाका ओसलाई
कण कण गर्दै, चिस्याउँदै जान्छन्!
यथार्थहरु,
जुन मलिलो देखिँदै थिए
हिजो सम्म;
रात काट्न नपाउँदै
कठाङ्ग्रिने पत्र पत्र
सबै सेताम्य!!

मेजरनी (कथा)

  • by

आज पनि १२ बजिसक्यो मेजर अझै फर्केको छैन।
“कतै गएर धोकिरा होला नि सुङगुरको झोल?” मेजरनीले मुख नमिठो बनाईन् र मनमनै बोलिन्। तत्कालै झ्याल बाट बाहिर हेरिन्। उता पट्टिको कटेरोमा बत्ति निभिसकेछ।
“ थाकेको थियो, बिचरा सुतिसक्यो होला”
मनमनै बोल्दै खाटमा गइन् र सिरक तानेर जिउ छोपेर खाटमा ढलिन्। उत्तानो परेर माथि मिलाएर राखेको काठको दलिन हेर्दे मनमा कुरा खेलाउन थालिन्।

आज बिहानै…..

मेरो सम्झनाले कतै
तिम्रो मुटु काँप्छ भने
मेरो तर्कनाले कतै
तिमीलाई पिडा हुन्छ भने
बुझिदेऊ नियती मेरो पनि उस्तै छ!
जानिदेऊ जिन्दगी मेरो पनि उस्तै छ!