Skip to content


चिसो, तिखो , नाङ्गो र खालिपन् , यि चार चिजहरु मलाई घोच्ने प्रवृतिको लाग्छ, भित्र सम्म! एउटा घोचाई, जुन मैले तुषाराहरुलाई अर्पण गरेको थिएँ–

तुषाराहरु,
मेरा कल्पनाका ओसलाई
कण कण गर्दै, चिस्याउँदै जान्छन्!
यथार्थहरु,
जुन मलिलो देखिँदै थिए
हिजो सम्म;
रात काट्न नपाउँदै
कठाङ्ग्रिने पत्र पत्र
सबै सेताम्य!!
चौर भरि, पात भरि
मनका कन्दरा कन्दरामा,
आँत आँतमा
खात का खात
तुषाराहरु,
यथार्थलाई
चिसो, ठि्र्रयाउने
ढिक्का बनाईदिन्छन्;
र त तुषाराहरु
आँत बाट, मन बाट
बर्षिन थाल्छन्!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *