जिन्दगी … ?
जिन्दगी एउटा अपरिभाषेय वस्तु … । संसारका ठूलाठूला दार्शनिकहरूले पनि उहिलेदेखि अहिलेसम्म अनेक तरिकाले अथ्र्याउन प्रयत्न गर्दा पनि राम्ररी नअर्थिएको वस्तु । जिन्दगीलाई कसैले धर्मसँग त कसैले कर्मसँग जोडेर अथ्र्याए, कसैले राजनीतिसँग त कसैले अर्थनीतिसँग अनि कसैले भोकसँग त कसैले भोगसँग जोडेर अथ्र्याए पनि पूर्ण अर्थ दिन नसकिएको वस्तु । अनेकले अनेक ढङ्गले अर्थ्याउन खोजेको तैपनि राम्ररी नअर्थिएको अनि जति अर्थ्याउन खोजे पनि चुरो भेट्टाउन नसकी टुप्पो समाउँदा फेद फुत्किने र फेद समाउँदा टुप्पो फुत्किने अद्भुत वस्तु ।
