Skip to content

डा. रामदयाल राकेश

चर्चित नेपाली यौनकथा

समीक्ष्य कथासङ्ग्रहमा तेह्र जना नेपाली कथाकारहरूको कथा सङ्कलित गरेर सम्पादक किरण रिमालले पाँच पोखरी बुक स्टोरबाट प्रकाशित गराएर प्रशंसनीय काम गर्नु भएको छ ।

बलभद्र पुजनोत्सव र कलवार जाति

  • by

महाभारत महाकाव्यमा भगवान् श्रीकृष्ण र बलभद्रको व्यापक र विशाल वर्णन अङ्कित गरिएको छ । महाभारतको कथावस्तु सबै विज्ञ पाठकलाई विदितै छ ।

मानवताका शायर फैज

  • by

फैज अहमद फैजको जन्म फरवरी ३, १९११ मा अविभाजित भारतको काला कादरे गाउँ सियालकोट (वर्तमान पाकिस्तानस्थित) मा सुल्तान मुहम्मद खानको घरमा भएको थियो ।

काठमाडौँ अनुभव आनेक

  • by

नेपालको राजधानी काठमाडौँलाई नियालेर हेर्ने अभिलाषा, इच्छा र आकांक्षा प्रत्येक नेपालीको अन्तरमनमा अन्तरभूत हुन्छ। यसलाई त आदिकवि भानुभक्तले अलकापुरी कान्तिपुरी नगरीको विशेषणले पनि विभूषित गरसिकेका छन्।

उहिलेको कुरा

  • by

एक जमाना थियो । पद्म कन्या क्याम्पसलाई पद्म कन्या कलेज भनिन्थ्यो र त्यसको पढाइ अहिलेको शङ्करदेव क्याम्पसमा हुने गर्दथ्यो । प्रिन्सिपल हुनुहुन्थ्यो अङ्गुरबाबा जोशी । कलेजका छात्राको निर्धारित पोसाक थियो ।

मेरो डायरीमा डायमन

  • by

डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न ।

मैले देखेका ‘फाइभ स्टार’

  • by

म साधारण परिवारमा जन्मेँ-हुर्कें। अर्को शब्दमा भन्दा म सडकछाप मानिस हुँ। मेरो शिक्षादीक्षा पनि साधारण देहाती विद्यालय र गाउँले परिवेशमा भएको हो। म जन्मिँदा शिक्षाको प्रकाश मेरो गाउँसम्म पुगेको थिएन। मेरो जिल्ला सर्लाहीमा सम्भवतः एउटा पनि हाइस्कुल थिएन। मेरो छिमेकी गाउँमा एउटा ‘मिडल’ स्कुल थियो, जहाँ ७ कक्षासम्म पढाइ हुन्थ्यो।

नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • by

नेपाली भाषका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की समारोह धुमधामका साथ मनाइनु सर्वथा स्वाभाविक हो । उहाँ बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँका साहित्यिक रचना असङ्ख्य छन् । उहाँद्वारा सिर्जित केही रचना अझै अप्रकाशित छन् । शतवाषिर्की समारोहको समयावधिमा उहाँका अप्रकाशित कतिपय रचना प्रकाशन भए । यो उल्लेख्य र उदाहरणीय योगदान हुनसक्छ- नेपाली साहित्यको श्रीवृद्धिका लागि ।

भियाना भ्रमण

  • by

भियाना अस्ट्रियाको राजधानी हो । अहिले युरोपियन युनियनको सदस्य राष्ट्रको रूपमा पनि परिचित भएको छ । यो मेरो सपनाको सहर पनि हो । मेरो सपनाको सहर सिड्नी पनि थियो जसको भ्रमण २००६ को अक्टुवरमा सम्पन्न गरेको थिएँ । त्यतिबेला म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिएँ । मेरो सपनाका सहरहरूमा फ्रान्सको राजधानी पेरिस, बेलायतको राजधानी लण्डन र स्विट्जरल्यान्डको राजधानी जेनेभा पनि हो । तर यसको भ्रमण सम्भव होला कि नहोला भन्न सकिन्न ।

नयाँ नेपालको नयाँ भाषिक नीति

  • by

अचेल दिनहुँ जस्तो संविधानसभामा भाषा नीतिबारे चर्काचर्की र चियाचर्चा हुनु सर्वथा स्वाभाविक हो । राज्यको पुनर्संरचना हुनुछ, नयाँ संविधानको निर्माण हुनु छ र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ । यी प्रश्नहरू यक्ष प्रश्नहरूको रूपमा राष्ट्रको सामूमा प्रस्तुत छन् । अर्कोतिर सशस्त्र समूह देशको भाषा र भूगोलको विभाजनको बुलन्द नारा लगाइ राखेका छन् ।

भवानी भिक्षुः शतवाषिर्की विशेष ‘नेपालको छोरा, म कसरी अनेपाली’

  • by

भवानी भिक्षुको जन्म वि.सं.१९६६ साल जेठ २१ गते बृहस्पतिवार भएको हो । पश्चिम नेपालले दुईवटा सुपुत्र जन्माउने सौभाग्य प्राप्त गरेको छ । एउटा गौतम बुद्ध जसलाई ‘एसियाको प्रकाश’ भनिन्छ र जसमाथि नेपालले मात्र होइन विश्वले नै गर्व गर्न थालेको छ । हाम्रो देश नेपाल गौरवान्वित भएको छ, सम्मानित भएको छ र लाभान्वित भएको छ । हाम्रो शिर सगरमाथाभन्दा पनि बढी उचो भएको छ, उन्नत भएको छ । अर्को सुपुत्र भवानी भिक्षु हुन जसमाथि नेपाली वाङ्मय गौरव गर्दछ ।

चराहरुको चिरवीर र मोहन कोइरालाको मोह

  • by

नेपाली संस्कृति सिमसार प्रधान हो । यो देशमा धेरै नदीनाला भएकोले यहाँ सिमसारको सङ्ख्या असङ्ख्य छ । यो निर्जीव, निष्प्राण होइन, सजीव र सप्रमाण हो किनभने यसमा तीन तìवहरूको सम्मिश्रण हुन्छ । यी तीन तìव हुन् – जल, जमिन र जीव । सिमसारका राजदूत मोहन कोइराला आज सशरीर, सप्रण र सजीवरूपमा हामीबीच हुनुहुन्न । उहाँ यस्तो देशमा गइसक्नुभएको छ जहाँ जान राहदानी र प्रवेशाज्ञा आवश्यक पर्दैन ।

म के लेखूँ ?

  • by

मैले विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ जसको शीर्षक थियो ‘मैं क्या लिखूँ ।’ यस लेखको विषयवस्तु के थियो अहिले बिर्सिसकेको छु तर शीर्षक चाहिँ अहिलेसम्म याद छ । आज आएर यस्तै स्थितिको सामना स्वयंले गर्नु परेपछि यसको मर्म अलिअलि बुझ्न थालेको छु । लेखन एउटा कठिन साधना हो । एउटा कठोर तपस्या हो । लेखनमा निरन्तरता हुनुपर्दछ ।

ओसाका अन्तर्राष्टिय एयरपोर्टको अनुभव

  • by

घुमीफिरी रुम्जाटार भन्ने नेपाली उखान कै जस्तो अनुभव भयो ओसाका अन्तर राष्टिय एयरपोर्टमा । र्सवप्रथम यस एयरपोर्टमा सन् १९७५ को अगस्त महिनामा मैले पाइला टेक्ने अवसर पाएको थिएँ । त्यस बखत म यहाँ ट्रान्जिट पेसेन्जर (यात्रु) थिएँ । सबै सामानहरू यहाँको लकरमा राखेर म क्योटो गएको थिएँ । क्योटोको दुइ दिनको भ्रमण सकेर फेरि यहाँ आएको थिएँ । यहाँबाट जाल (JAL) को उडानबाट हङ्गकङ्ग पुगेको थिएँ । हङ्गकङ्गमा एक हप्ता बसेपछि सिंगापुर गएको थिएँ । सिंगापुरमा दुइ दिन बसेर बैंकक र बैंककमा राति बास बसेर भोलि पल्ट काठमाडौं पुगेको थिएँ ।