Skip to content

मधुपर्क २०६७ साउन

यामकै कुरा

  • by

तिम्रा अँगालामा रहेका बारुला र अरिङ्गालले मह बनाउने कुरा
कुन आधार समातेर विश्वासको रुमालमा जतन गरेर बांध्न सकिन्छ
गोडा नभएको मानिसलाई कृत्रिम गोडा जडान गरिदिएर
दौडाउँदा त्यो आफ्नै गोडाले दौडेको कहाँ देखिन्छ ?

गणतन्त्र दिवस

  • by

पार्टीको कार्यकर्ता
अबेला उठ्यो
कागजको एउटा टुक्रामा
‘व’ अक्षर देख्यो
वर्गसङ्घर्षका कसहरू
रेडलेबलले कुल्ला गरिसकेको हो

ब्यारेकको दूबो

  • by

म ब्यारेकको दूबो
कहिले जङ्गी बुटहरूले
कहिले बन्दुकका नाल र कुन्दाले
कहिले रातो तातो गोलीले
सत्ताका खेलाडीहरू
मेरो टाउकोमा खेलिरहेछन् ।

आकाशका राजहाँसहरू

  • by

समस्त प्राणीहरू आकाशमै उत्पन्न हुन्छन्
आकाशमै विलीन हुन्छन् ।
माथि, हामीमाथि, हिमशिखरमाथि
एक बथान राजहाँसहरू उड्दै आइरहेछन्
थाहा छैन, कुन अज्ञात प्रदेशबाट आए

निमित्त

  • by

अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।

सबथोक राम्रो

  • by

टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो

“तिमी सधैँ यता किन ?”

साथी

  • by

हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।

आवाजहरू

  • by

“सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -“हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !”

आख्यान

  • by

भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

जाममा

  • by

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

हेलो, म डेभिड बर्नर ।

अग्नियुद्ध

  • by

‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता क्रियाकलापलाई बा गौड गरेर हेरिरहुनहुन्थ्यो र काममा अलिकति तलबितल पर्‍यो कि उहाँ भन्नुहुन्थ्यो, “आगोसँग होस् गर्नु । होस् पुगेन भने आगोले खान्छ । आगोसँग खेल्ने त मोहन हो मोहन ! पटक्कै नडराउने, न राजासँग, न आगोसँग ।”

परिभाषित प्रेम

  • by

रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियो! प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन । उनी मनमनै सोच्दै थिइन्- कतै पानी धेरै पर्‍यो भने । मनभित्र पनि गर्मी, पानी, हावा सबै एकसाथ बहिरहेको अन्तरद्वन्द्व थियो ।

‘सामन्तवादका पृष्ठपोषक’ होइनन् आदिकवि

  • by

२०६५ माघ २५ गते शनिबारको एक पत्रिकामा एउटा संवाद छापिएको थियो । मझपाताभरि वारपार ठूला अक्षरमा लेखिएको थियो- ‘आदिकवि होइन रामभक्त कवि’ लेखकले ‘सामन्तवादका पृष्ठपोषक कवि’ का बारेमा बनाएका अक्षरमा माधुर्य थियो तर विचारदाताका विचार काँचो हलुवाबेदजस्तो टर्रो थियो, त्यहाँ कुनै गहनता थिएन, गम्भीरता थिएन, तर्क थिएन ।

यक्ष प्रश्न मैमाथि

  • by

‘कलाले वास्तविकताको पुनरुत्पादन गर्छ र विचारलाई बढी सम्प्रेषणीय बनाउँछ’ सायद बढी भनिएको र धेरै सम्झिएको भनाइ हो यो । कलाको बारेमा प्रत्येक हप्ताजस्तो मैले केही न केही लेख्नैपर्छ, खासगरी नेपाली कलाको बारेमा । माध्यम, शैली, इतिहास, गतिविधि, आन्दोलन, मोड, दावी, नयाँपन । यो केही विषय हुन् लेखनका । थपमा कलाबाट बचाइ र दिगोपन, सरकारी दृष्टि र सहयोग, पुरस्कार, सम्मान र सामाजिक रूपान्तरणमा कलाको भूमिका र यस्तैयस्तै कैंयन विषयहरू ।

साञ्चेप (सघौनी) परम्परा

  • by

वाम्बुले राई जातिको मूलथलो ओखलढुङ्गा जिल्लाको दक्षिणी उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, माधवपुर, टोक्सेल र थाक्ले गाविस हुन् । यसैगरी दूधकोसी पारि खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार गाविसमा वाम्बुलेहरू परापूर्वदेखि बस्दैआएका छन् । उदयपुरको लेखानी, सोरुङछबिसे, लिम्पटार, हर्देनी, बसेरी, कटारी, रिस्कु, गाईघाट र सिन्धुलीको रत्नावती, अरूणठाकुर, ककुरठाकुल, लदाभिर, दूधौली गाविसमा वाम्बुले राईहरूको छरिएर रहेका बस्ती छन् । बसाइँसराइँको क्रममा सिरहा, सप्तरी, सर्लाही, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, झापा, चितवन, काठमाडौँ, ललितपुरलगायत जिल्लामा बसाइँसराइँको क्रममा वाम्बुले राईहरू बसोबास गर्दै आएका छन् । देशभरिमा करिब ५० हजार जनसङ्ख्या रहेको वाम्बुले राई समाज, नेपाल (वाम्रास) को अनुमान छ । किराँत समुदायमा रहेको सामाजिक परम्परा ‘साञ्चेप’ र वाम्बुले समुदायमा रहेको ‘सघौ’ बीच तुलनात्मक रूपमा प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ ।

स्मृति विम्बमा कवि कैलाश भण्डारी

  • by

पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ आफूलाई समर्पित गरिरहनु भयो ।