मधुपर्क २०६७ साउन
निमित्त
अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
साथी
हतार हतार हिँडिरहेको उसले अत्यास लागेर एकपव्ट फेरि माथि हेर्यो । ऊ , … त्यो पहाडको टुप्पो । टुप्पोमा रहेको त्यो मन्दिर । ऊ त्यही पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुङ्गे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात् ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूरा हुन्छ भन्ने आस्था र प्रचलित विश्वासका कारण उसले मन्दिरमा पुग्नुलाई आफ्नो गन्तव्य बनाएको छ ।
आवाजहरू
“सवितायै नमः” गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -“हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !”
आख्यान
भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।
११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।
अग्नियुद्ध
‘राजालाई नजिस्क्याउनू, आगोलाई नखेलाउनू ।’ बाले भन्नुभएको यो कुरो ऊ अहिले पनि झलझली सम्झन्छ । हिउँदको घुर ताप्दा उनीहरू घुरको आगो चलाउँथे, कहिले घुर फुक्थे, कहिले घुर खोस्रन्थे, कहिले घुर सल्काउँथे त कहिले घुर छोप्थे । उनीहरूका त्यस्ता क्रियाकलापलाई बा गौड गरेर हेरिरहुनहुन्थ्यो र काममा अलिकति तलबितल पर्यो कि उहाँ भन्नुहुन्थ्यो, “आगोसँग होस् गर्नु । होस् पुगेन भने आगोले खान्छ । आगोसँग खेल्ने त मोहन हो मोहन ! पटक्कै नडराउने, न राजासँग, न आगोसँग ।”
परिभाषित प्रेम
रेस्टोराँबाट सडकमा आइपुग्दा छिटपुट पानी र अलिअलि हावा चलेको थियो तर पनि गर्मी हप्प नै थियो । गर्मी हो या शीतल छुट्याउन गाह्रो थियो! प्रकृतिमा द्वन्द्व थियो । उर्मिलाका गोडाहरू घरतिर छिटोछिटो दौड्दै थिए, हातमा छाता थिएन । उनी मनमनै सोच्दै थिइन्- कतै पानी धेरै पर्यो भने । मनभित्र पनि गर्मी, पानी, हावा सबै एकसाथ बहिरहेको अन्तरद्वन्द्व थियो ।
‘सामन्तवादका पृष्ठपोषक’ होइनन् आदिकवि
२०६५ माघ २५ गते शनिबारको एक पत्रिकामा एउटा संवाद छापिएको थियो । मझपाताभरि वारपार ठूला अक्षरमा लेखिएको थियो- ‘आदिकवि होइन रामभक्त कवि’ लेखकले ‘सामन्तवादका पृष्ठपोषक कवि’ का बारेमा बनाएका अक्षरमा माधुर्य थियो तर विचारदाताका विचार काँचो हलुवाबेदजस्तो टर्रो थियो, त्यहाँ कुनै गहनता थिएन, गम्भीरता थिएन, तर्क थिएन ।
यक्ष प्रश्न मैमाथि
‘कलाले वास्तविकताको पुनरुत्पादन गर्छ र विचारलाई बढी सम्प्रेषणीय बनाउँछ’ सायद बढी भनिएको र धेरै सम्झिएको भनाइ हो यो । कलाको बारेमा प्रत्येक हप्ताजस्तो मैले केही न केही लेख्नैपर्छ, खासगरी नेपाली कलाको बारेमा । माध्यम, शैली, इतिहास, गतिविधि, आन्दोलन, मोड, दावी, नयाँपन । यो केही विषय हुन् लेखनका । थपमा कलाबाट बचाइ र दिगोपन, सरकारी दृष्टि र सहयोग, पुरस्कार, सम्मान र सामाजिक रूपान्तरणमा कलाको भूमिका र यस्तैयस्तै कैंयन विषयहरू ।
साञ्चेप (सघौनी) परम्परा
वाम्बुले राई जातिको मूलथलो ओखलढुङ्गा जिल्लाको दक्षिणी उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, माधवपुर, टोक्सेल र थाक्ले गाविस हुन् । यसैगरी दूधकोसी पारि खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार गाविसमा वाम्बुलेहरू परापूर्वदेखि बस्दैआएका छन् । उदयपुरको लेखानी, सोरुङछबिसे, लिम्पटार, हर्देनी, बसेरी, कटारी, रिस्कु, गाईघाट र सिन्धुलीको रत्नावती, अरूणठाकुर, ककुरठाकुल, लदाभिर, दूधौली गाविसमा वाम्बुले राईहरूको छरिएर रहेका बस्ती छन् । बसाइँसराइँको क्रममा सिरहा, सप्तरी, सर्लाही, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, झापा, चितवन, काठमाडौँ, ललितपुरलगायत जिल्लामा बसाइँसराइँको क्रममा वाम्बुले राईहरू बसोबास गर्दै आएका छन् । देशभरिमा करिब ५० हजार जनसङ्ख्या रहेको वाम्बुले राई समाज, नेपाल (वाम्रास) को अनुमान छ । किराँत समुदायमा रहेको सामाजिक परम्परा ‘साञ्चेप’ र वाम्बुले समुदायमा रहेको ‘सघौ’ बीच तुलनात्मक रूपमा प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ ।
- « Previous
- 1
- 2
- 3
- Next »
