Skip to content

पुरानो डुङ्गा (गीति एल्बम)

कस्तो लाग्छ होला

  • by

टुटेको तारमा गीत गाऊँ भन्दा
गाउनेलाई कस्तो लाग्छ होला
छुटेको गाडी डाँडा काटी जाँदा,
यात्रुलाई कस्तो लाग्छ होला
मायाप्रीति गाँस्ने सबै कुरा सुम्पने
तिम्रो हात थाम्ने ढुक्क मुस्कुराउने
अबलालाई तिम्रै हातले बिचिदियौ भन्दा
कस्तो लाग्छ होला
भिजेको आँखामा हाँसिदेऊ भन्दा
मन दुख्नेलाई कस्तो लाग्छ होला

पहिलो माया

  • by

पहिलो माया ठुन्क्याएर पार्यो जसले फन्दा
उसकै माया धेरै लाग्ने अरूलाई भन्दा
नहुनीलाई कस्तो दिनमा किन भेट्टाइएछ
व्यर्थै माया लाइएछ टन्टो बेसाइएछ

ठुला-ठुला महल होइन

  • by

ठुला-ठुला महल होइन, सिप सिकाउने झुपडी देऊ
हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देऊ
झुपडीमा हात तिखार्छु, खेतैभरि पसिना चुवाउँछु
अब आउने साल हेर, मेरो चन्द्र सूर्य फरफराउँछु
लहराउँछु, फर्फराउँछु