Skip to content


ठुला-ठुला महल होइन, सिप सिकाउने झुपडी देऊ
हिंसा माग्ने मैदान होइन, धान उमार्ने खेत देऊ
झुपडीमा हात तिखार्छु, खेतैभरि पसिना चुवाउँछु
अब आउने साल हेर, मेरो चन्द्र सूर्य फरफराउँछु
लहराउँछु, फर्फराउँछु

भोकालाई भोजन देऊ, लाजलाई ढालिदेऊ
प्यासीलाई चट्टान फुटाऊ, रुखो खेतमा बादल खसाऊ
बाँझो कोखमा मुल फुटाऊ
रगत माग्ने तलबार होइन, मसी माग्ने कलम देऊ
धेरै बोल्ने ओठ होइन, सेवा गर्ने हात देऊ
इतिहास म आजै लेख्छु, हातेमालो आजै म बुन्छु

धन हुनेलाई मन देऊ, मन हुनेलाई सारथी बनाऊ
प्रीति गाँस्ने साइनो देऊ, गाउँ-गाउँ पुग्ने पाइला देऊ
फेरि एउटा वुद्ध पठाऊ
धरती फोड्ने बारुद होइन, मन फर्काउने ज्ञान देऊ
मागी हिंड्ने जोगी होइन, दर्शन बाँड्ने पुजारी देऊ
वेदले म वुद्धत्व पाउँछु, दर्शन पाई म पाइला सार्छु

शब्द, स्वर, संगीत – कर्ण दास
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *