Skip to content

मधुपर्क २०६६ माघ

मेरो बरन्डाको कुकुर

  • by

कुनै सम्प्रदाय विशेषमा श्राप दिनुपरे भन्छन् रे ­ “लौ, तैँले घर बनाउनुपरोस् ।” घर बनाउनेले भोग्नुपर्ने पीडाको सहज अभिव्यक्ति हुँदो हो त्यो । मैले पनि घर बनाएँ यसपालि र भोगेँ ती सबै पीडाहरू जो मेरोजस्तो हैसियत राख्नेका लागि शाश्वत थिए । घर बनाउने हैसियत मेरो थियो कि थिएन, त्यसमा बहस जरुरी भएन किनकि मेरो घर बनिसक्यो ।

पुट्टपर्ति यात्रा

  • by

सत्यसाइबाबाको नाम र उहाँको दैवी विशेषताको बखान सुन्दै आएको धेरै नै भए पनि दर्शन गर्न जाने अवसर मिलिरहेको थिएन । यसो योजना बनायो कुनै न कुनै अड्चन आई लागिहाल्थ्यो । श्रीमतीले कर गर्न थालेको पनि झण्डै पाँच-सात वर्ष नाघिसक्यो होला । तैपनि के नमिल्ने, के नमिल्ने हुँदै आएको थियो ।

भित्री लय

  • by

जुनजुन व्यक्तिसँग भित्री लय मिल्छ, तीती व्यक्तिसँग मौनमा पनि संवाद चलिरहन्छ । निःशब्द मौनतामा वार्तालापको महक गम्किरहन्छ । भित्री लय भन्ने चिज बहुत अनौठो हुँदोरहेछ । प्रत्येक मान्छेभित्र, आ-आफ्नाखाले लय हुँदारहेछन् । ती लयहरूले उसको स्वभाव, बानी-व्यहोरा, सोच, शैली, चिन्तन, प्रवृति तथा चित्तवृत्ति निर्धारण गर्दोरहेछ । लयको समस्वरताले नै मान्छेका मनहरू एकापसमा जोडिँदारहेछन् । जोसँग लय मिल्दैन त्योसँग निकट सान्निध्य कायम नहुँदो रहेछ ।