मधुपर्क २०६६ माघ
सुखी जीवनका उपाय
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन ।
यस्तो पनि हुँदैछ
दिनभरिको थकाइले होला मस्त निद्रामा परेँछु । ‘किरिरी किरिरी’ फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचोटि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ, यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो- ‘म्याडम ! सरको भाइलाई फोन दिनु ।’ मैले फोन गर्ने मानिसको आवाज चिन्न सकिनँ दिनेश बाबुलाई बोलाएर फोन दिएँ ।
कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति
कर्णाली प्रदेश वर्तमान नेपालको एकीकरण हुनुभन्दा धेरै अगाडिदेखि नै बुद्धधर्म संस्कृतिबाट अनुप्राणित थियो । यसको ज्वलन्त दृष्टान्तमा त्यस क्षेत्रका खस राजा रिपु मल्लले पश्चिम तराईको कनकमुनि बुद्ध जन्मस्थल निग्लिहवा तथा शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आदि पवित्र बौद्ध तीर्थस्थल दर्शन गर्दै राजनीतिक कारणले नेपाल उपत्यका अर्था्त काठमाडौँ उपत्यका प्रवेश गरेको कुरा इतिहासमा उल्लेख छ ।
लोभ्याउन सिपालु कुन्छा
परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-प्रिय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ ।
थोराङलाः जीवनको खर्च नहुने कमाई
पाँचौँ गन्तव्यको रूपमा हामी मनाङ पुग्यौँ । यहाँ कार्यक्रम गर्ने कुनै योजना थिएन तर मन्त्री भोलि काठमाडौँ र्फकन लागेकोले विमानस्थलमा नै कार्यक्रम गर्ने व्यवस्था मिलाइसक्नुभएको रहेछ रमेशजीले । हामी बसेको होटलबाट विमानस्थल नजिकै थियो । मनाङ जिल्लाको विमानस्थल भएकोले नेताहरू, कर्मचारीहरू, विदेशीहरूलाई ओहोरदोहोर गराउने अखडा बनको रहेछ हुम्दे ।
प्रयोग र साहित्य
साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत नै छ । कति दुःखलाग्दो ! हास्यास्पद पनि । कुपमण्डूकजस्तो उनीहरू आत्मलाप गाएर बस्छन्, कुप बाहिरको संसार देख्न अस्वीकार गर्छन् ।
समनपुरको प्रश्न
समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण मौन छ । बागमतीपारि अर्थात् सुवर्णग्राम (हालको मूर्तिया) ध्वस्त गरिँदा यहाँ गाउँ थियो, थिएन ? प्रमाण शान्त छ तर के गरुँ ?
- « Previous
- 1
- 2
- 3
- Next »
