Skip to content

मधुपर्क २०६६ माघ

पावरहाउस

  • by

समयसँगसँगै थिचिदै गएका सपना
सानासाना आँखामा देखिने इन्द्रेणी
समय सँगसँगै अगोचर हुँदै गएका
कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै

अभिलाषा

  • by

वसन्त भै फुलीदिन्छु नयाँ रङ्ग छरी
सुगन्ध भै फैलीदिन्छु तिम्रै वरिपरि
व्यर्थै लिन्छ्यौ माया किन ? पीर जिन्दगीमा
छामी हेर छुन्छु म त तिम्रै ढुकढुकीमा ।

सुखी जीवनका उपाय

  • by

महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन ।

विद्रोह

निस्पट्ट अन्धकार छ । पूणिर्माको रात हो तर मडारिँदो बादलको अगाडि चन्द्रमाको केही चलेन । ल्याम्पपोष्ट पनि मधुरा छन् । बाटाहरू धुमिल भएका छन् ।

दुई किनार

  • by

उँधोमुन्टो लाएर भौँतारिरहेको पात्र १ लाई देखेर पात्र २ मुस्कुरायो । त्यो व्यङ्ग्य वा स्वागत के हो ? अन्योलमा पर्यो पात्र १ ।
शङ्का प्रथम- तिम्री स्वास्नी पोइला गई ?
शङ्का द्वितीय- तिम्रो सम्पत्ति चोरियो ?
शङ्का तृतीय- तिम्रा बाबुआमा कोही मरे ?

पूरै आयु

  • by

सम्झनाको घर नेपालको वीरेन्द्रनगर, सुर्खेत हो । आधुनिक सञ्चारमाध्यमको सशक्त साधन कम्प्युटरमा सम्झनालाई च्याट गर्ने बानी बनिसकेको छ । कि-बोर्डमा टाइप गर्दै हाँस्ने, रमाइलो मान्ने अनि भावुक हुने दिनचर्याको एउटा भाग उसको भइसकेको छ । साइबरमा पैसा तिरेको उसलाई कति पनि मनखत लाग्दैन ।

यस्तो पनि हुँदैछ

  • by

दिनभरिको थकाइले होला मस्त निद्रामा परेँछु । ‘किरिरी किरिरी’ फोनको घण्टी बज्दा पो झसङ्ग भएर एकैचोटि फोन उठाउन पुगेछु । मैले फोनको रिसिभर कानमा लगाएँ, यताबाट हेलो गर्न नपाउँदै उताबाट भयमिश्रति एउटा पुरुष आवाज आयो- ‘म्याडम ! सरको भाइलाई फोन दिनु ।’ मैले फोन गर्ने मानिसको आवाज चिन्न सकिनँ दिनेश बाबुलाई बोलाएर फोन दिएँ ।

ठूला मान्छे

  • by

आज बिहानैदेखि अस्पतालको चहलपहलै अर्कै थियो । सबै जना व्यस्त थिए- तलमाथि गर्दै र भित्र-बाहिर गर्दैमा । म सुतेको कोठामा पनि डाक्टर र नर्सहरू साथै कहिलै नदेखिएका अनुहारहरू, अपरिचितहरू आइरहे-गइरहे ।

द्वार

  • by

उपत्यकामा धेरै द्वार छन् । ठाउँठाउँमा, टोलटोलमा कलात्मक, बढे ढुङ्गाका द्वार भएर भित्र-बाहिर गरिरहेछन् खचाखच मानिसहरू । द्वारमध्ये एउटा द्वारबाट सेतो पहिरनमा एउटी महिला निस्किन्छिन् । दिनदिनै समाजसेवामा जान्छिन् । अस्पताल पुगेपछि कसलाई आवश्यक परेको छ, सकेसम्म मिलाइदिन्थिन् ।

लाचारी

  • by

उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन सक्दथे ।

अन्तिम निर्णय

  • by

अचानक आधा रातको समयमा गाउँमा हल्लखल्ला मच्चिन थालेको हुनाले गाउँलेहरू अत्तालिँदै यताउता दगुर्न थालेका थिए । कतिपय गाउँलेहरूले त खास कुरो के हो, त्यो पनि बुझ्न सकेका थिएनन् । जब केहीबेरमै नकाबधारी डाँकाहरूको जत्था घरघरमा पसेर लुटपाट गर्न थालेपछि भने गाउँलेहरूको होस उडेकोझैँ भएको थियो ।

सरस्वतीको साधना गर्ने दिन वसन्तपञ्चमी

  • by

वसन्तको आगमन सङ्केत, विद्याकी खानी, श्रम, सीप र उद्यमशीलताकी स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ! माघ शुक्लपञ्चमी !!

कर्णाली प्रदेशका अभिलेखमा बौद्ध संस्कृति

कर्णाली प्रदेश वर्तमान नेपालको एकीकरण हुनुभन्दा धेरै अगाडिदेखि नै बुद्धधर्म संस्कृतिबाट अनुप्राणित थियो । यसको ज्वलन्त दृष्टान्तमा त्यस क्षेत्रका खस राजा रिपु मल्लले पश्चिम तराईको कनकमुनि बुद्ध जन्मस्थल निग्लिहवा तथा शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आदि पवित्र बौद्ध तीर्थस्थल दर्शन गर्दै राजनीतिक कारणले नेपाल उपत्यका अर्था्त काठमाडौँ उपत्यका प्रवेश गरेको कुरा इतिहासमा उल्लेख छ ।

लोभ्याउन सिपालु कुन्छा

  • by

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-प्रिय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ ।

थोराङलाः जीवनको खर्च नहुने कमाई

  • by

पाँचौँ गन्तव्यको रूपमा हामी मनाङ पुग्यौँ । यहाँ कार्यक्रम गर्ने कुनै योजना थिएन तर मन्त्री भोलि काठमाडौँ र्फकन लागेकोले विमानस्थलमा नै कार्यक्रम गर्ने व्यवस्था मिलाइसक्नुभएको रहेछ रमेशजीले । हामी बसेको होटलबाट विमानस्थल नजिकै थियो । मनाङ जिल्लाको विमानस्थल भएकोले नेताहरू, कर्मचारीहरू, विदेशीहरूलाई ओहोरदोहोर गराउने अखडा बनको रहेछ हुम्दे ।

प्रयोग र साहित्य

  • by

साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत नै छ । कति दुःखलाग्दो ! हास्यास्पद पनि । कुपमण्डूकजस्तो उनीहरू आत्मलाप गाएर बस्छन्, कुप बाहिरको संसार देख्न अस्वीकार गर्छन् ।

समनपुरको प्रश्न

  • by

समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण मौन छ । बागमतीपारि अर्थात् सुवर्णग्राम (हालको मूर्तिया) ध्वस्त गरिँदा यहाँ गाउँ थियो, थिएन ? प्रमाण शान्त छ तर के गरुँ ?

लभ र रोमान्सको राजधानी हान्जु

  • by

सेमिनार सुरु भएको आज पन्ध्रौँ दिन अर्थात् नोभेम्बर ३, २००८ ।

सेमिनारका सहभागी सबै साथीहरूलाई नानजिङबाट हान्जु भ्रमणमा लगिँदैछ । हामी सबै हौसिएका छौँ हान्जु हेर्न । सुनेअनुसार हान्जु सुन्दर छ । त्यस सुन्दरताले हामीलाई प्रफुल्लित पार्नेछ ।