कमल रिजाल
समस्या समाधानको तरिका
एकपटक राजकुमारीको गोडामा काँडा बिझेको देख्दा सम्राट अकबरलाई ज्यादै रिस उठेछ र वीरबललाई बोलाएर भनेछन्- “राजकुमारीको गोडामा काँडा बिझ्यो, आइन्दा त्यस्तो देख्न चाहन्न त्यसैले राज्यका सबै भूमिलाई छालाले ढाकिदिनु ।” बिचरा वीरबललाई फसाद पर्यो, नमानाँै जिउको सवाल थियो सम्राट रिसाए जे पनि गर्न सक्थे, मानौं राज्यभरि छाला ओछ्याएर साध्य हुने कुरो पनि थिएन ।
तसलीमाको लज्जा र हिजो आज
करिब सत्र वर्षअघि प्रकाशित डा. तसलीमा नसरिनको उपन्यास ‘लज्जा’ अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक देखिन्छ । विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले समसामयिक राजनीतिक परिवेशमा झनै सान्दर्भिक हुनपुगेको छ । सन् १९९२ को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बङ्गलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बङ्गलादेशलाई माया गर्ने सबैको हारको दस्तावेज मानेकी छन् ।
आमाको बदलिएको परिभाषा
नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् ।
नरिसाओस् प्रकृति
लामो खडेरीको कारण जनजीवन प्रभावित हुन थालेको छ । वायुमण्डल तुवाँलोले ग्रस्थ छ । उपत्यकाको वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी भएकोले हवाइसेवा समेत प्रभावित हुन थालेका समाचार बरोबर प्रकाशमा आइरहेका छन् । वषर्ाऋतुताका बिदा भएको मनसुनी वषर्ापछि वषर्ा बादललाई कसैको भनसुन चलेको छैन । पानीका मुहानहरू धमाधम सुक्दै गएका छन् । भूमिगत पानीको सतह पनि घट्दै गएको छ । पानी नपरेकाले खोलाको पानी त यसै पनि सुक्दै गएको छ । हिउँद ऋतुमा हिउँ नपरेकाले हिमनदीहरूमा पनि पानी बढ्न सकेको छैन ।
पाणिनि र पणेना
संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् ।
