Skip to content

कमल रिजाल

श्रीमद्भागवतामृत

  • by

श्रीमद्भागवतामृत -नेपाली पद्यानुवाद लामो समयदेखि आध्यात्मिक क्षेत्रमा कलम चलाउँदै आएका फणिनारायण सिग्देलको नवीनतम कृतिको नाम हो ।

नयाँ

  • by

नेपाली साहित्यमा पहिचान बनाएका दधिराज सुवेदीको ‘तीर्थयात्रा’ विशुद्ध आध्यात्मिक खोज र चिन्तनमा आधारित देखिन्छ । सुवेदीले यस दिशामा इमानदारी देखाएका छन् ।

सङ्गत गुनाको फल

  • by

एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- ‘गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।’

सफलताको बाटो

  • by

नीतिशास्त्रमा एउटा कथा छ – एकपटक एउटा बूढो मुसोले विशाल पर्वतको फेदमा बसेर खनिरहेको देखेर एकजना सज्जनले सोधेछन्- “के गर्न लागेको मुसा भाइ !

समन्वयवादको आवश्यकता

  • by

रामकृष्ण परमहंस भन्छन्- ‘प्रायः मानिस परचर्चामा दिन बिताउने गर्छन् । यसरी हमेसा अरूको गुण र दोषको चर्चा गर्नाले अरूले अहित त गर्ला नगर्ला तर आफ्नो अहित भने गरिरहेका हुन्छन् किनकि आत्मचर्चा र परमात्मा चर्चाको प्रमुख बाधक भनेकै परचर्चा हो ।’

समस्या समाधानको तरिका

  • by

एकपटक राजकुमारीको गोडामा काँडा बिझेको देख्दा सम्राट अकबरलाई ज्यादै रिस उठेछ र वीरबललाई बोलाएर भनेछन्- “राजकुमारीको गोडामा काँडा बिझ्यो, आइन्दा त्यस्तो देख्न चाहन्न त्यसैले राज्यका सबै भूमिलाई छालाले ढाकिदिनु ।” बिचरा वीरबललाई फसाद पर्‍यो, नमानाँै जिउको सवाल थियो सम्राट रिसाए जे पनि गर्न सक्थे, मानौं राज्यभरि छाला ओछ्याएर साध्य हुने कुरो पनि थिएन ।

तसलीमाको लज्जा र हिजो आज

  • by

करिब सत्र वर्षअघि प्रकाशित डा. तसलीमा नसरिनको उपन्यास ‘लज्जा’ अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक देखिन्छ । विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले समसामयिक राजनीतिक परिवेशमा झनै सान्दर्भिक हुनपुगेको छ । सन् १९९२ को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बङ्गलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बङ्गलादेशलाई माया गर्ने सबैको हारको दस्तावेज मानेकी छन् ।

बूढो रूखको आत्मवेदना

  • by

ओहो ! समय पनि कति चाँडै बित्दो रहेछ । हिजो मात्र जस्तो लाग्छ यस ठाउँमा उभिएर संसारको गतिविधि निहाल्न थालेको युगै बितिसकेछ । अब त बूढो पनि भइएछ कि क्या हो शरीरमा चाउरीहरू देखिन थालेका छन्, हागाबिगा पलाउन पनि छाडेका छन् । न पहिले जस्तो चहलपहल छ, न नयाँ पालुवा नै आउन सकेका छन् ।

पुट्टपर्ति यात्रा

  • by

सत्यसाइबाबाको नाम र उहाँको दैवी विशेषताको बखान सुन्दै आएको धेरै नै भए पनि दर्शन गर्न जाने अवसर मिलिरहेको थिएन । यसो योजना बनायो कुनै न कुनै अड्चन आई लागिहाल्थ्यो । श्रीमतीले कर गर्न थालेको पनि झण्डै पाँच-सात वर्ष नाघिसक्यो होला । तैपनि के नमिल्ने, के नमिल्ने हुँदै आएको थियो ।

शक्ति उपासनाको पर्व

  • by

नेपालीहरूको महान् चाड दसैँ पर्वले हाम्रा घरआँगनमा प्रवेश गरिसकेको छ । हिजो शनिवारदेखि घर एवं शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गरिएको यो पर्व यही असोज १२ गते सोमबार विजयादशमीको दिन समा

सृष्टि र सङ्गीतको मूलरूप

ज्ञानवाचक, सत्तावाचक, लाभवाचक र विचारवाचक विदधातुबाट वेदशब्द बन्ने भएकाले वैदिकमन्त्रहरूलाई विविध ज्ञानको भण्डारको रूपमा लिने गरिएको छ । आदिकल्पमा सृष्टिसत्ता सञ्चालनका लागि स्वयं सृष्टिकर्ता ब्रहृमाजीको मुखबाट उत्पन्न भएकाले वेदका मन्त्रहरू विनिर्गत स्वरूपका हुन् भन्ने भनाइ महाभारतमा आएको छ ।

आमाको बदलिएको परिभाषा

  • by

नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् ।

नरिसाओस् प्रकृति

  • by

लामो खडेरीको कारण जनजीवन प्रभावित हुन थालेको छ । वायुमण्डल तुवाँलोले ग्रस्थ छ । उपत्यकाको वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी भएकोले हवाइसेवा समेत प्रभावित हुन थालेका समाचार बरोबर प्रकाशमा आइरहेका छन् । वषर्ाऋतुताका बिदा भएको मनसुनी वषर्ापछि वषर्ा बादललाई कसैको भनसुन चलेको छैन । पानीका मुहानहरू धमाधम सुक्दै गएका छन् । भूमिगत पानीको सतह पनि घट्दै गएको छ । पानी नपरेकाले खोलाको पानी त यसै पनि सुक्दै गएको छ । हिउँद ऋतुमा हिउँ नपरेकाले हिमनदीहरूमा पनि पानी बढ्न सकेको छैन ।

पाणिनि र पणेना

  • by

संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् ।