पण्डितको आत्मा

एक सूफी फकिर आफ्नो रोजीरोटी कमाउनका लागि नदीमा मानिसहरुलाई नाउबाट वारपार गराउँ थे । एकदिन गाउँको पण्डित नदी पार जानचाह्यो । त त्यस फकिरले भने, “तपाईंसित के पैसा लिनु ।” पैसा लिदाँ पनि उनी एक दुई पैसा लिन्थे । “तपाईंलाई त्यसै पार गराइदिन्छु ।”
Read More »पण्डितको आत्मा

श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।