पुन्य कार्की

kamagra

नन्दलाल आचार्यको कथाकारिता

PunyaKarki

समकालीन साहित्य लेखनमा लम्कँदै गरेका एक अथक अक्षरयात्री नन्दलाल आचार्यको विषयमा लेख्न बस्ता कहाँबाट सुरु गर्ने आफैँ अलमलमा परेको छु । तथापि उनका कथाकारिताको विषयमा केही लेख्तै छु ।

Read More »नन्दलाल आचार्यको कथाकारिता
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

पसिनाको रङ

श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामराज्यमा सीता

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पिडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म अपमान र अवहेलना सहने ? अब नारीहरू साँच्चै जाग्नुपर्छ र समस्त महिलाको रामराज्य स्थापना गर्नुपर्छ ।” मैले उनका एकध भाषण अन्य सभा समारोहमा पनि सुन्ने मौका पाएको छु । उनी यस समाजका एक राजनीतिक प्राणी हुन । सबैले उनलाई एक प्रबुद्ध अध्ययनशील व्यक्तिको श्रेणीमा राख्दछन् । कतिले त उनलाई सुझबुझपूर्ण व्यक्तिको रुपमा भारी प्रंशसा पनि गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने

संस्कृत साहित्यका महाकवि कालिदासको मूर्खताका बारेमा अनेकौँ रोचक किम्बदन्तीहरू छन् । उनी रुखमा चढेर रुखको हाँगो काट्दा टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउने गर्थे । यो तहको मूर्खता थियो उनमा ।

एकचोटी मावली घर जाँदा एउटा किताब देखेछन् । किताबका अक्षरहरू हेरे, अनि उनी ग्वाँ ग्वाँ रुन थाले । उनको रुवाइदेखि सबै आश्चर्यचकित भए, उनलाई फकाएर सोधियो, “बाबु किताबको अक्षर हेरेर किन रोएको ?” उनले जवाफ दिएछन्, “मेरो त्यति मोटो ‘क’ दुब्लाएछ । त्यसको माया लागेर रोएको ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साधारण अध्यापकबाट महान् लेखक भएका प्रेमचन्द

गरिबीले मानिसलाई हृदयको गहन तलमा यात्रा गर्न सिकाउँछ, अभावले मानिसलाई अकाट्य पहाड चढ्न अराउँछ । विश्वका जति पनि महान् स्रष्टा, द्रष्टा, आविष्कारक, खोजकर्ता, अनुसन्धानकर्ता जति पनि छन् तिनमा सय कडा असी प्रतिशत अभाव, गरिबी र दुःखको भयानक बाटो छिचोलेर अगाडि बढेको पाइन्छ ।

हिन्दी साहित्य जगतका प्रेमचन्दको नाम यस लहरमा राख्न सकिन्छ । हिन्दी साहित्यमा प्रेमचन्दले दिएको योगदानलाई चानचुने आँक्न मिल्दैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकृतिलाई हिरा ठान्ने वर्डस्वर्थ

दैवी कृपा छिपेको छ अहा ! यो भद्र वायुमा
आकाशबाट जो चल्छ, चल्छ बादलबाट जो
हरिया धर्तीका फाँटबाट जो चल्छ मस्तले
गालामा सुम्सुम्याएर भित्री आनन्द दिन्छ यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविता र रक्सीमा डुब्ने वोदलेर

नेपाली साहित्यमा हरिभक्त कटुवालको जीवनसँग ठ्याक्कै मिल्ने वोदलेरको जीवन पनि रक्सीसँग मितेरी गाँसेरै बित्यो । संसारका कतिपय स्रष्टाहरूको जीवनमा अनौठा–अनौठा तादाम्यताहरू गाँसिएको पाउँछौँ । चाहे भारतीय कवि गोरख पाण्डेको आत्महत्या होस् या नेपाली भैरव अर्यालको आत्महत्या होस् या मायाकोब्स्कीको आत्महत्या होस् ।

अर्को अनौठो साम्यता अमेरीकी स्रष्टा एडगर एलेन पो र वोदलेरको जीवनमा पनि भेट्टाउन सक्छौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनेकौँ दुर्भाग्यहरू बेहोरेका खलिल जिब्रान

भनिन्छ : अमेरिकी राष्ट्रपति जोन.एफ. केनेडीले प्रयोग गरेको भनाइ– “यो नसोध कि तिम्रो देश तिम्रा लागि के गर्न सक्छ, आफैँलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ” उनको थिएन, यो त महान् स्रष्टा खलिल जीव्रानको थियो । उनी साँचो अर्थमा एक मनमौजी फकिर स्रष्टा थिए । सन् १८८३मा लेवनानमा जन्मेका खलिलको जीवनमा एकपछि अर्को दुर्भाग्यको ओइरो लाग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनावरी संगत बेस

मान्छेको संगतभन्दा जनावरको संगत पो बेस हो क्यारे ! घरिघरि यो निष्कर्षमा पुग्न खोज्छ मन । दूषित चित्तका मानिसको हुलमा घेरिएर बाँच्नुपर्दा वाक्कदिक्क भएर मनले यो निष्कर्ष निकालेको पनि हुनसक्छ । जनावरकै संगत बेस बुझेर हो कि उहिल्यै उहिल्यै ऋषिमुनिहरू बस्ती छोडेर वन पस्थे । मान्छेदेखि दूर रही जानवरी सत्संगमा रमाउथे । घरले दिने सुखभन्दा बोटबिरुवाको छाहारीले दिने आनन्दमा परम अनुभूति गर्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बच्चाका जरा

कतै पढेको छु, या सुनेको छु; चिलले सारै अग्लो ठाउँमा गुँड लगाउँछ अरे । अग्लो ठाउँमा गुँड लगाउनुको अभिप्राय एक त शत्रुबाट बँच्नको रचिएको तरकीब होला । अर्को, आफ्ना बच्चाहरुलाई सानैदेखि उडानमा निष्णात बनाउन र बच्चामै जोखिम सिकाउनको लागि उच्च ठाउँमा गुँड लाउँदो हो । जब ओथाराबाट चिलका बच्चा निस्किन्छन्, बच्चाका प्वाँख नउम्रिन्जेल त बच्चालाई आहारा जुटाउने काम माउले नै गर्छ । नानीहरुका पखेटा उम्रेपछि भने चीलले आफ्नै गुँड भत्काउन सुरु गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीर नूतनताको चाह

अन्तरभित्र बल्किने
चीर नूतनताको एक उद्गार ।
नितनूतनतामै बाँचू बचाऔँ भन्ने
हृदयभरिको पुकार ।

आज म नूतनताको गीत गाउन चाहन्छु । नूतनतासितै मित लगाउन चाहन्छु । आफ्ना पदमा नूतनताको नूपुर जडी छमछमी नाँच्न चाहन्छु । नूतनताको नूर फिजाँरी भित्रीबाहिरी तमघटा नास्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चस्मा किन्दाका अनुभूतिहरू

आज मैले आफू चालीस वर्ष दुईमहिना अठ्ठाइस दिन पुगेको दिन चस्मा किनेँ । उमेरले चालीसको डाँडो उक्लिँदै गर्दा आँखा केही कमजोर भएको अनुभूति हुनथाल्यो । खासगरी किताब या पत्रपत्रिकाका मसिना अक्षरहरू पढ्दा पहिले जुन दूरीमा राखेर देखिन्थ्यो, अब त्यसदूरीमा राखेर हेर्दा लथपथिएजस्तो, प्रष्ट नभएजस्तो हुन थाल्यो । किताब समातेको हातलाई तन्काएर आँखाको दूरीबाट अँझै टाढा लगेपछिमात्र देखिने भयो । पहिले पहिले सुन्थेँ, चालीस पुगेपछि आँखालाई चालिसा लाग्छ । बीस तेरा कुरा इस् भनेजस्तो बीस बाइसको लक्का जवानीमा अरुका यस्ता कुरालाई थोत्रा कुरा, नहुने कुरा भनेर खिल्ली उडाइन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छायाँ बेच्ने सामन्तको विम्ब

धेरै साल अगाडि यो कथा मैले ‘आफन्तीका कथाहरु’ नामक धारावाहिक शृङ्खलामा पढेको थिएँ । त्यतिखेर विमोचन नामको मासिक पत्रिकाले आफन्तीका कथाहरू छाप्ने गर्थ्यो । त्यसको केही समय पछि त्यही कथा चिनियाँ साहित्यको कथा भनेर छापिएको पाएँ । यो कथा जुनस्रोतबाट नेपालीमा आएको भएपनि कथाको कथ्य र यसले प्रवाहित गर्ने भाव वा सन्देश निकै मार्मिक छ । यस कथाले दिने शिक्षा निकै शक्तिशाली छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चेतनाको उचाइ

मान्छे कुनै न कुनै रुपको उचाइमा बस्न मन पराउँछ । सायद आदिम युगमा पनि भुइँ छोडी रुख चढेर बस्ने चेतना, उचाइमा बस्ने चाहनाबाट निसृत भएको हुँदो हो । पछि घर बनाएर बस्नथालेपछि पनि भूइँघरभन्दा टाँढेघर तर्फको रुचि बढ्नुमा पनि उचाइमा रहने आकाँक्षाबाट प्रेरित भएको हुँदो हो । उचाइका तरेलीहरू किसिमकिसिमका छन् । कोही घरको उचाइमा बस्न खुशी हुन्छन् । कोही पदको उचाइमा बस्न खुशी हुन्छन् । कोही प्रतिष्ठाको उचाइमा बस्न खुशी हुन्छन् । कोही समृद्ध चेतनाको उचाइमा बस्न खुशी बन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नौनी झिक्ने भ्यागुतो

दाइ ! कोही नौनी झिक्तैनन् अर्थात् कोही दही मथ्न तयार छैनन् । केवल अर्काले पारिदिएको मोही मिएर मुख बिगार्नेहरू छन् । अनि कत्ति अमिलो मोही भनेर मोहीको विषयमा नाटिकुटी गर्नेहरू छन् । आफू भैँसी नपाल्ने, आफू भैँसीलाई घाँस काट्न अल्छी गर्ने, दुध दुहुने, दही जमाउने र मही पार्ने काममा अल्छी गर्ने अनि अरुले पारेको मोही माग्न लुसुक्क ढुङ्ग्रो बोकेर अरुको ढोका चियाउने, मोही पाएपछि मोहीको विषयमा नकारात्मक टीकाटिप्पणी गर्ने, यसै प्रकृयाबाट गुज्रिएका छौँ हामी । हाम्रो मनोविज्ञानको रचना यसै किसिमले भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाग्रत आँखाहरू

शाश्वत उज्यालोको खोजमा छन् मेरा जाग्रत आँखाहरू । शाश्वत सत्यको प्यासमा तड्पिएको छ मेरो मानस जगत् । आँखा छन् र म उज्यालोको प्यासी बनिरहेको छु । आँखा छन् र म अँध्यारो अवलोकन गरिरहेछु । आँखा र उज्यालो बीचको सम्बन्धलाई पानी तिर्खाबीचको सम्बन्धको बीचमा, भोजन र भोकको सम्बन्धको रूपमा गाँसेर हेर्न सक्दछु । प्रकृतिमा पानी छ र तिर्खा छ, भोजन छ र भोक छ । त्यस्तै मेरा जाग्रतआँखा छन् र उज्यालो दुनियाँप्रति प्यास छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नदेखिने दाम्लो

पशु एउटा देखिने दाम्लोले बाँधिने रहेछ तर मान्छे अगणित अदृश्य दाम्लाहरुले बाँधिदो रहेछ । बाहिरी दाम्लो फुकाउन सजिलो छ । भित्रिंदाम्लो फुकाउन अप्ठ्यारो छ । देखिने दाम्लो सजिलै फुकाउन सकिन्छ । नदेखिने दाम्लो फुकाउन निकै गाह्रो छ । हामी मान्छे थरिथरिका परिपरिका दाम्लोबाट बँधेरिएका छौँ । ती दाम्लालाई स्थूलआकारमा देख्न सकिन्न,ती दाम्लालाई बाहिरी इन्द्रियहरुले देख्न, छुन र अनुभूति गर्न सकिन्न । ती दाम्ला अदृश्य छन् । सूक्ष्म छन् । तिनलाई विचार, भाव र अनुभूतिका आँखाले देख्न सकिन्छ । तिनका रुपलाई महसुस गर्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाम, बदनाम र गुमनाम

नाममा वासना छ । नाममा शासना छ । नामको निम्ति मान्छे अन्धो हुन्छ । विवेकका आँखालाई तर्पण दिन्छ । हिजोसम्म मामदामको कुनै जोहोतोहो नभएको मानिस मामदामको कुरुस्त व्यवस्था मिलिसकेपछि नाम कमाउने भोकमा तड्पिएको छ । लाग्छ ऊ नाम कमाउने अन्धो धुनमा शरीरको रक्तचाप बढाइरहेको छ । काम, माम र दामको वर्तुल घेरामा सीमित हुँदारैनछन् मान्छेका चाहनाहरू । माम र दामपछि जसलाई पनि नामको भोक लाग्छ क्यारे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मृत्युसित लुकामारी

अस्तित्वप्रति आभारी छु; यसकारण कि पलपलमा मृत्युबोध गरी बाँच्न पाएको छु । शरीर रोगी छ र न मृत्युबोधको अवसर मिलेको छ । निरोगी र स्वस्थ शरीर हुन्थ्यो भने त्यो अवसर भेट्टाउन्नथेँ । टाउको नदुखुन्जेल मानिसलाई टाउको छ भन्ने कुरापनि बोध हुँदैन । टाउको दुख्न थालेपछि यसप्रति सचेत र बोधपूर्ण हुन थालिन्छ । यसैगरी आँखा छउन्जेल आँखाको महत्व थाहा हुँदैन मानिसलाई; दाँत छउन्जेल दाँतको महत्व र उपादेयता थाहा हुँदैन मानिसलाई; जब आँखा गुमाउँछ, दाँत गुमाउँछ ऊ खुनखुन गर्न थाल्छ । ती चिजको महत्व र गरिमालाई भित्रैबाट बोध गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन्त अनुभूतिको महत्व

मानिसको हृदय छुने गरी लेख्नका लागि लेखनमा कुनचिज चाहिन्छ होला ? यो प्रश्नले मलाई कहिलेकाहीँ कुत्कुती लगाउँछ । मेरो सपाट मनले भन्छ –मुटु छुने गरी लेख्नको लागि स्रष्टाको आत्मामा जीवन्त अनुभूतिको बाढी चल्नुपर्छ । जीवन्त अनुभूति जीवन अनुभवबाट आर्जित चिज हो ; सूचना र ज्ञान किताबबाट आर्जन हुनसक्छ । त्यसलाई अध्ययनबाट समृद्ध गर्न सकिन्छ । तर अनुभूति अलग चिज हो, यो जीवनका उकालीओरालीहरूको हिँडाइबाट प्राप्त हुने चिज हो । व्यवहारका बाङ्गाटिङ्गा मोडहरूबाट आर्जित हुने वस्तु हो । त्यसैले ज्ञानको शुद्ध भण्डारमा धनी मानिस जीवन अनुभवमा गरिब हुन सक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •