दोषी चश्मा विश्वेश्वरप्रसाद कोइराला मनोविश्लेषणात्मक कथा दोषी चश्मा (कथासंग्रह) by editorSeptember 21, 2014केशवराजको चस्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चस्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चस्मा लिनें विचारमा थिए, तर अँझै अनुकूल परेको थिएन ।