Skip to content

अश्वमेध यज्ञका घोडाहरू (कवितासंग्रह)

मन-स्नान

निकै दिन भयो
आँखाहरूमा कुनै गीत छैन
मुटुका पाखाहरूमा कुनै शीत छैन
कथाहरू र व्यथाहरूको जुवा छ- जीवन
हार छैन, तर अचम्म, कुनै जित छैन,

शरणार्थी रहर

  • by

आँखाहरूमा अचेल कुनै समवेदना बिझाउँदैन
खुसी या जितहरूका समाचारले पनि मन रिझाउँदैन
बत्ती या गुलुबहरूले
पुतली टाँसेजस्तो मन अचेल सौन्दर्य समाउँदैन
रहर अब जहरजस्तै भइसकेछ
सुन्दरताका भाखाहरूमा, मुटु हेर्ने पाखाहरूमा पनि मन रमाउँदैन

म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु

मान्छेलाई सबैभन्दा प्यारो सायद
उसको स्वतन्त्रता हो
स्वतन्त्रता नहुनु भनेको निश्चास हो,
उनीहरूलाई मैले भनेको थिएँ
मलाई तिमीहरू जुहारत दिन्छौ
र मेरो अस्तित्व माग्छौ भने म मान्दिन
मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ

DuBaSuChhetri

आगो

  • by

आगो अचेल आफ्नै पीरले रुन्छ
आगो अचेल आफ्नै डरले हुन्छ

तिमी कोइला कोट्ट्याएर हेर
समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर
आगो आँसु खसाली-खसाली रुन्छ
जति आँसु खसालेर रुन्छ आगो
आगोमा उति ज्वाला दन्कन्छ