Skip to content

ईश्वर छन् ईश्वर छैनन् (कविता संग्रह)

ईश्वरहरू -२

ढुङ्गाहरूले
ढुङ्गा मनहरूको प्रमुखलाई सोधे
तिमीहरूको ईश्वर छ कि छैन ?

ढुङ्गा मनहरूको प्रमुखले
हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो
म नै ईश्वर हुँ, विश्वको ।

ईश्वरहरू -१

किसानहरू
कोही थाप्लोमा
कोही काँधमा
कोही हात पाखुरामा
हलो, कोदालो
र डोको भरि
ईश्वरहरू बोकेर
खेत बारीमा पुग्छन्
अर्को इश्वर भेट्टाउन
अर्को ईश्वरको सिर्जना गर्न ।