Skip to content


ढुङ्गाहरूले
ढुङ्गा मनहरूको प्रमुखलाई सोधे
तिमीहरूको ईश्वर छ कि छैन ?

ढुङ्गा मनहरूको प्रमुखले
हिरण्यकशिपु जस्तै सगर्व उद्घोष गर्यो
म नै ईश्वर हुँ, विश्वको ।

प्रतिकारमा ढुङ्गाहरूले
समवेत गीति स्वरमा भने
ती शिल्पी हातहरू
जसले
जसले हामीलाई ईश्वर बनाउन सक्छन्
तिनै हाम्रा ईश्वर हुन् ।

ढुङ्गा मनहरूले दुर्वासा र विश्वमित्र जस्तै
क्रोधित हुँदै सराप दिए ढुङ्गाहरूलाई
गिट्टी भएस् बालुवा भएस्
ढुङ्गा मनहरूबाट कुटिएर पिसिएर
गिट्टी बालुवा भइरहे
आफ्नै सहयोगीहरूको लासको खेती गर्न
दुरुपयोग भइरहे सडक बगरमा बेवारिसे डुंगाहरू

जुङ्गामा ताउ लगाइरहेछन्
दिल्ली र वाशिंगटन टावरका ईश्वरहरू ।

“ईश्वर छन्, ईश्वर छैनन्” (कविता संग्रह २०६६) बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *