अल्पबिराम पोखरेली

दुई मुक्तक (कोही जातीय संघीयता)

१)
कोही जातीय संघीयता नभएकोमा चिल्लाइरहेछन्
कोही अखण्ड नेपाल नभएकोमा झल्लाइरहेछन्
कुकुरले पुच्छर हल्लाए पो शुभ संकेत हुन्थ्यो र
बिडम्बना याहाँ त पुच्छरले कुकुर हल्लाइरहेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हैसियत (लघुकथा)


मौसम लागेपछि एउटा बोटमा फूल फुल्यो । फूलबाट फलमा रूपाँतरण हुँदै गयो । आफ्नो भरिपूर्ण बैँस चढेको उन्मादमा एक दिन फल र फूलले गफ हाँक्यो ।

“हेर फल ! हामीलाई देखेर प्राणीहरू खुशी भएका छन् । हामी नै बोट बिरूवाको पहिचान हौँ । हामीलाई सबैले सम्मान गर्छन्,” फूलले मस्किदै भन्यो ।

पातले सही थाप्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (समयको खुल्ला किताब)

समयको खुल्ला किताब हो जिन्दगी
आँसु र हाँसोको हिसाब हो जिन्दगी
अर्थ शास्त्रको माग र आपूर्ति नियम जस्तै
पुरा नहुने सवालहरूको जवाफ हो जिन्दगी ।

कसैलाई यो जिन्दगी घमाइलो लाग्दो हो
कोही यही जिन्दगी हिंड्दा हिड्दै थाक्दो हो
आफ्नै पसिनाको तलाऊमा पौडी खेल्दा खेल्दै
कोही आफ्नै जिन्दगीदेखि टाढा भाग्दो हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (हिलो माटो नबगाई)

हिलो माटो नबगाई बन्दैन पाँगो
केस्रा केस्रा नकेलाई बन्दैन धागो
ठोस्ने पर्छ अगुल्टो, आगो बाल्नलाई
लोग्नेस्वास्नीको झगडा परालको आगो

गरिबी र निवारण दुई शब्द मागी खाने भाँडो भो
गरिब र जनता दुई शब्द सरकारलाई घाँडो भो
भ्रष्ट र आचार दुई शब्द मिलेपछि यो देशमा
पद्धति र विकास दुई शब्द चढ्ने नसकिने डांडो भो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (देशको दुर्गति देख्दा)

एक)

देशको दुर्गति देख्दा धर्धरी मन रुँदो रे’छ
मेची महाकाली झैं बर्बरी आँसु चुँ’दो रे’छ
ऊ बेला त बरु एउटै मात्र राजा थियो
गणतन्त्रमा त झन् थरिथरिका राजा हुँदो रे’छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (छरिएका मनहरू)

एक)

छरिएका मनहरू संगाल्नु पर्छ देशका लागि
चिसिएको रगत उमाल्नु पर्छ देशका लागि
साह्रै नै हेप्यो हेप्न पनि नाथे छिमेकीले
राष्ट्रिय झन्डा उचाल्नु पर्छ देशका लागि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (नदी पल पल नया)

नदी पल पल नया बनेर आफ्नो लक्ष्य बगिरहन्छ
समय पल पल नया बनेर आफ्नो अक्ष्य घुमिरहन्छ
परिवर्तन खोजिरहन्छन प्रकृतिका सम्बाहकहरू
तिम्रो बिचार नया बनाऊ समाज नया अवश्य बनिरहन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (तिमी जस्ती कन्या पाए)

एक

तिमी जस्ती कन्या पाए घर बार बन्न सक्छ
तिम्रै मनको मझेरीमा दरबार बन्न सक्छ
आपसी विश्वासको खडेरीमा हाम्रो सम्बन्ध
एक अर्कालाई सिध्याउने तरवार बन्न सक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (दशैं विशेष)

माग्नेको गुन्द्री जत्रो देशमा चाड पर्वको ताँती छ
महँगी र अभाव सगरमाथाभन्दा धेरै माथि छ
सधैंको मिष्ठान्न भोजन छ हुने खानेहरूलाई
हुँदा खानेहरूलाई दशैं तिहार नाअएकै जाति छ

सामन्ती राज्यमा न्यायको लागि मतदान हुँदैन
युद्धमा हार्ने हरूवाहरूको कुनै इतिहास हुँदैन
हाम्रा अमूल्य निधि हुन् संस्कार र संस्कृतिहरू
यी दुवै नहुने बुङ्गाहरूको कुनै पहिचान हुँदैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (जिन्दगी)

जन्म लिएपछि जिन्दगी नदी जसरी नि तर्ने पर्छ
बाँच्नको लागि यो पापी पेट जसरी नि भर्ने पर्छ
साश्वत सत्य यो धर्तीमा कोही छैनन् अजर अमर
मृत्यु पत्रमा ल्याप्चे ठोकेर आएका छौं जसरी नि मर्नेपर्छ

रात र दिनको मिलन बिन्दु साँझ रहेछ जिन्दगी
हर्ष र बिश्मातको दोसाँध रहेछ जिन्दगी
यो जिन्दगीको कुनै भरोसा छैन
कुनै पनि बेला फुट्न सक्ने कच्ची बाँध रहेछ जिन्दगी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (धर्मको अफिम)

धर्मको अफिम मान्छेहरूले सर्बत झैं पिएका छन्
जातीय युद्धले मान्छेहरू लुगा झैं च्यातिएका छन्
ए ! मानव अधिकारको नगरा बजाउने अभिनेताहरू
२१ सौं शताब्दीका मान्छेहरू कागती झैं च्यापिएका छन् ।

पानी पर्छ भनेको दिन झलमल्ल घाम लाग्छ
फलिफाप हुन्छ भनेको दिन दुर्दशाको लाम लाग्छ
यो कस्तो उल्टो भबिष्य वाणी हो ज्योतिष बाजे
तर चिन्ता छैन उल्ट्याएर बुझ्दा काम लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (तिर्खाएकाको लागि)

तिर्खाएकाको लागि पानीको धारा हुनु पो मान्छे
अनाथ बेसहाराको लागि सहारा हुनु पो मान्छे
अरुकै लागि बाँचेका हुन्छन कुकुर गधा पनि
गुण्डा आवराहरूको लागि खतरा हुनु पो मान्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (गाँठो फुकाउनै नसकिने)

एक)
गाँठो फुकाउनै नसकिने जेरी जस्तै छन् नाताहरू
पौराणिक कालदेखि बुझ्नै नसकिने नारी गाथाहरू
कालो प्रथा दाइजो, हाम्रो संस्कार र संस्कृति बनेपछि
पुत्र रत्न भन्दै पुत्री भ्रुण मास्दै छन् कलियुगी माताहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा)

माघे सक्रान्तिको विहान । मासुको भाग लाउँदै गरेको नेप्टे साहिंलोको आगनमा मासु लिनेहरूको भीड थियो । सेवा निवृत्त जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आइपुग्यो र आफ्नो खुंडाकट् जुङ्गा बटार्दै रवाफदार स्वरमा भन्यो,“ए नेप्टे १ जुङ्गा हेरेर भाग लगा ।”

नेप्टेले आदर पूर्वक भन्यो, “हुन्छ, हवल्दार बा ।”

“हुँदैन ! नेप्टे दाइ, हुँदैन । मान्छेको टाउको हेरी भाग लगाऊ ।” नेप्टेको बोली भुईमा खस्न नभ्याउँदै भीड मध्येवाट एउटी महिलाको कर्कश स्वर घन्कियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अष्ट्रेलियामा मेरी चाँदनी

प्रिय चाँदनी !
तिमीलाई थाहा छ
म लोडशेडिंग देशको टुहुरो नागरिक
खोइ ! कसरी हो कसरी
फूलैफूलको देश पूर्वकी रानी
अष्ट्रेलियाको धरतीमा टेकेको छु
म तिम्रो शुभेच्छुक, प्रसंशक
सधैं तिम्रै दर्शनाभिलाषी छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नभनौं अब (राष्ट्रिय गीत)

नभनौं अब मधेश पहाड
कोही छैनौं पराई
पुर्खाको नासो यो हाम्रो देश
हामी हौँ नेपाली

शिवको गाउँ कैलाश पर्वत
बुद्धको तराई
नगरौं अब जातीय युद्ध
रिसराग बढाई
जात र भातमा टुक्रन्छौँ भने
खोई त नेपाली
विकासको निम्ति जुटेनौं भने
हुँदैनौ नेपाली
नभनौ अब…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (हामी कहाँ शौन्दर्यले भरिपूर्ण)

एक

हामी कहाँ शौन्दर्यले भरिपूर्ण प्रकृति धेरै छन्
प्रकृतिसँगै चाख लाग्दो रमाइलो संस्कृति धेरै छन्
भाङ्ग्राको टोपीलाई गुएँलाको फूल त नभनौं
बिडम्बना हामी कहाँ कृतिभन्दा बिकृति धेरै छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (कहिल्यै उजागर नहुने भबिष्य)

एक

कहिल्यै उजागर नहुने भबिष्य रहेछौ तिमी
क्षितिज त बरु देखिन्छ अदृश्य रहेछौ तिमी
पगाल्न सके ढुङ्गा बरु बोल्छ रे साहिँली
अनुत्तरित अनुत्तरित रहश्य रहेछौ तिमी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (आदिकवि भानुमा समर्पित)

एक

उन्नैसौं र एक्कैसौं शताब्दी एउटै हुँदै हुँदैन सानु
जसले जे भने पनि नेपाली भाषामा अरु छैन रानु
बधु शिक्षा तत्कालीन नारी समाजको अक्षर चित्र हो
यसमा तिम्रो कुनै गल्ती छैन आदि कवि भानु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक (भूकम्प)

१)

विपत्तिको अर्को ताण्डव नृत्य नाचेर गइस्
फेरि पनि अर्को कालो ईतिहास रचेर गइस्
मानव मनको वस्तीमा तेरो प्रवेश निषेध थियो
तर आइस् र कोमल मन मस्तिष्क भाँचेर गइस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •