Skip to content

च्याब्रुङको आवज

साहित्यकार हाङपाल आङबुहाङ लिम्बू र “च्याब्रुङको आवाज”

क. साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको साईबरीय भेट:

सन् २०१२ को अन्ततिर साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँग फेसबुक सामाजिक संजालमा भेट भएको हो । त्यसपछि बिस्तारै फेसबुक मार्फत हाम्रो साईबरीय सम्बन्ध प्रगाढ वा बिस्तार हुँदै गएको हो । यस्तो सम्बन्ध बिस्तार हुनुको कारण नै साहित्य थियो । साहित्यले मानिसलाई आत्मीय मात्र होइन सामजिक बनाउँछ । साहित्य एउटा माध्यम मात्र हो तर आत्मीयता भन्ने कुरा मानिसको संवेदनामा निर्भर हुन्छ । साहित्यलाई लेखन गर्दै आत्मसाथ गर्दै जाँदा साहित्यकार हाङपाल आङबुहाङ लिम्बूलाई मात्र होइन अरु धेरैलाई भेटेको छु ।