Skip to content

देश हाँसेन

‘देश हाँसेन’ भित्र हँसाउने उपायको खोजी

देश गणतन्त्रमय भएको थियो । जनयुद्ध थान्कामा लागेको थियो । तराई/मधेश पनि शान्तिको श्वास फेर्दै थियो । बोर्डिङ स्कुले शिक्षण जीवनबाट वाक्कदिक्क भइएको थियो । देशमा जे आए पनि र आउन खोजे पनि त्यसको सुवास जनतासम्म पुग्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ नै थियो । मैले भने कुनै परिवर्तन महसुस गरिरहेको थिइनँ । माथिल्लो आसनको अनुहार परिवर्तन थियो । घरदेखि दरबारसम्म कुर्सीमोह उस्तै थियो । कामधामको तौरतरिका फरक थियो ।