नन्दलाल आचार्य

एकाध प्रश्न

  • by
NandaLalAcharya-09

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार-हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् ।

Read More »एकाध प्रश्न
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ जग्गाको बसाइ

  • by
NandaLalAcharya-09

जम्ला हात गरेर मात्र हुन्न । चाकरी-चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ ।

Read More »नयाँ जग्गाको बसाइ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन

  • by
NandaLalAcharya-09

साहित्यिक सर्जक राममणि पोखरेलको उमेरगत, अनुभवगत र सरसंगतको दाँजोमा म एकदमै मामुली मान्छे हुँ । उहाँको छोरानाति कहलिने काँचो माटो नै हुँ । यत्तिखेरसम्ममा म कसैका साहित्यिक कृतिको भूमिका लेख्ने हैसियतमा पनि पुगेको छैन ।

Read More »कथाका ‘ग्रामीण शिरोमणि’ बारे महामन्थन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
renova

तपै भा के गर्नुहुन्थ्यो ?

  • by
NandaLalAcharya-09

“तपैँले गल्ती गर्नु भो ।”

“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”

Read More »तपै भा के गर्नुहुन्थ्यो ?
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

इन्द्र शयन

  • by
NandaLalAcharya-09

विहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठुलो आवाज पारेर बास्न नसकेको प्रतित हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।

Read More »इन्द्र शयन
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

घरायसी कामकाज

  • by
NandaLalAcharya-09


गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ ।

Read More »घरायसी कामकाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोहर कुमार पोखरेलको ‘समाचार’

समाजका जल्दाबल्दा परिस्थिति र घटनालाई कथानक बनाई कथा लेख्ने कथाकार मनोहर कुमार पोखरेलको समाचार शैलीमा लेखिएको ‘समाचार’ कथामा वर्तमान परिस्थितिमा आम युवाहरूको भोगाइलाई हुबहु लेखोट गरिएको छ ।

मनमा आँधी चलाउने खालको नियतिले ठगिएको परिस्थिति समेट्ने ध्येयले सिर्जित ‘समाचार’ कथाले साहित्यको क्षेत्रमा नवीनता भित्र्याएको छ । हातमुख जोर्ने क्रममा विदेसिँदाको पीडा कथामा वर्णित छ । सोचेजस्तो नहुने, नियतिले पढाएजस्तो मात्रै हुने र समग्रमा सम्झौतामा जीवन बाँच्नुपर्ने अवस्थालाई सफलताका साथ चित्रण गर्ने क्रममा कथाले आकार लिएको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पीडाको बखान

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिकार

गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।

“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हण्डर र ठक्कर

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20201105_ManoharPokharel-NandaLalAcharya-KumarBablu

कलाकारिताको सेरोफेरोमा सप्तरी


नेपाली हिन्दू परम्परामा प्राय: मानव जीवनको प्रादुर्भाव संगीतबाट हुन्छ र अन्त्य पनि संगीतमै टुङ्गिन्छ । किनभने मानवको जीवन स्वयम् लयबद्ध छ र हुन्छ पनि । त्यसैले त सबै थोक व्यवस्थित हुन्छ । हामीले जीवनको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गरेका हुन्छौँ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । भन्न पनि भनिन्छ, मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटमा पुगेर विलिन हुन्छ । मृत मानिसलाई ‘राम नाम सत्य हो’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वात्सल्य प्रेम

साँझको समय थियो । चैते रामनवमी पर्व नजिकिँदै थियो । यस बखत मध्ये तराईको एक सदरमुकाम समेत धार्मिक भएको थियो । चारैतिरबाट आएको भजन–कीर्तन र प्रवचनको ठूल्ठूलो आवाजले कानै खाइरहेको थियो । नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधुरै सुनिन्थ्यो । माइकको ठुलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वीय कोणबाट ‘घुर’ उपन्यासको सामाजिक विमर्श

नेपाली समाजमा पहिलो मधेश आन्दोलनले कसैले नसोचेको प्रभाव पार्यो । अन्तरिम संविधान २०६३लाई तुरुन्तै संशोधन गर्न बाध्यबनायो । राज्यका हरेक तह र तप्कामा समावेशिताको नियमानुसार सबै वर्ग र समुदायलाई समावेश गर्ने व्यवस्था कायम गर्यो । लैङ्गिक, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक आदि रूपले पिछडिएका सामान्यभन्दा सामान्य वर्ग र समुदायको समेत पहुँच सुनिश्चित गराउन शासक वर्गलाई घच्घचायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकपल्ट हारेँ तर जित्छु

प्यारा नानीबाबुहरू !

यस वर्षे भेलमा न्यानो अभिवादन ।

प्यारा नानीबाबुहरू ! अरू कुरा जोड्नु अघि तलको माँ दिव्या अर्थात् आश्माजीका गीतिशब्द गुनगुनाउँदै कलम दगुराएँ है त !

फूल किन फुल्छ बाबै फूल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सेतो सिन्दूर

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साविती बयान

हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।

उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असमञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यसबेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माइन सेबोटेज

आरम्भ

‘‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि जे गर्नुपर्ला गरौँ ।’’

श्यामजीको चेतावनीलाई मैले पूरै वेवास्था गरेको थिएँ र भनेको थिएँ, ‘‘माथिको आदेशले त हामी बिग्रियौँ । भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20200226-NandaLalAcharya-Interview

लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल

२०७६ साल माघ २८ गते लघुकथा कुनोको नवौँ वर्ष प्रवेशको दिन हो । नेपाली आख्यानमा चर्चित हुँदै गरेको लघुकथा प्रविधाका बारेमा विशेष दक्षता हासिल गर्नुभएका र अहिले पनि नेपाली लघुकथाको उन्नयनमा रातोदिन सक्रिय खेमराज पोखरेलका कथा, कविता, निबन्धबाहेक पाँच थान लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।

यो वार्षिकोत्सवका अवसरमा प्रकाशनार्थ आख्यानकार तथा लघुकथा कुनोका एडमिन खेमराज पोखरेलसँग लघुकथाको सेरोफेरोमा रहेर म नन्दलाल आचार्यले एउटा अन्तर्वार्ता तयार गरेको छु । लघुकथा लेख्दै गर्नुभएका लघुकथाकारहरू, लघुकथाका समीक्षकहरू, विवेचकहरू, अनुसन्धाताहरू तथा पाठकहरू यो अन्तर्वार्ताबाट लाभान्वित हुनुभयो भने म पुलकित हुनेछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20200122_NandaLalAcharya-Nibandha

तीन नम्बरको नामकरणमा बहस र निष्कर्ष

सातमध्ये गण्डकी, कर्णाली र सुदूर पश्चिम गरेर तीन प्रदेशको नाम र स्थायी राजधानी तोकियो । अधिकांश प्रदेशको नाम र स्थायी राजधानी तोक्ने काममा माथापच्ची भइरहेको छ । यस परिप्रेक्ष्यमा माथिको शीर्षकले राजनीति गन्थन मन्थनलाई सङ्केत गर्छ । यद्यपि यहाँ राजनीतिको गोरु बेचेको साइनो पनि छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20191222_NandaLalAcharya-BookReview

तेजनारायण शेर्पाको ‘अक्षर’मा एक दृष्टि

हे बालाजन हो पढो घरिघरी, विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि, पढ मेहनत गरी ।।
पढेको चिज डाकुले घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने के गर्नु माया गरी ।।

उदयपुर जिल्लाको शैक्षिक, साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रको विकासमा दिलोज्यानले लागिपरेका वाणी, अक्षर र कर्मका पौरखी व्यक्तित्व हुन्– तेजनारायण शेर्पा ‘रञ्जन’ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •