Skip to content

आध्यात्मिक विश्लेशण

काख देउ अलिकति रुन मन लाग्यो

तिर्थ(यात्री)पौडेल,
गजल
काख देउ अलिकति रुन मन लाग्यो
भित्रि मनका पीरहरु धून मन लाग्यो,

समिपमा आइ देउन मेरी दिलकी रानी
तिम्लाई आज कता कता छुन मन लाग्यो,

भित्री लय

  • by

जुनजुन व्यक्तिसँग भित्री लय मिल्छ, तीती व्यक्तिसँग मौनमा पनि संवाद चलिरहन्छ । निःशब्द मौनतामा वार्तालापको महक गम्किरहन्छ । भित्री लय भन्ने चिज बहुत अनौठो हुँदोरहेछ । प्रत्येक मान्छेभित्र, आ-आफ्नाखाले लय हुँदारहेछन् । ती लयहरूले उसको स्वभाव, बानी-व्यहोरा, सोच, शैली, चिन्तन, प्रवृति तथा चित्तवृत्ति निर्धारण गर्दोरहेछ । लयको समस्वरताले नै मान्छेका मनहरू एकापसमा जोडिँदारहेछन् । जोसँग लय मिल्दैन त्योसँग निकट सान्निध्य कायम नहुँदो रहेछ ।