आध्यात्मिक विश्लेशण
सद्गुरु ओशो साहित्यकार पुन्य कार्की
जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ त्यसरी नै मानिसले चाहिँ प्रकृतिको झै भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान्न सकेको छैन । ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ …..पैसा भए सब थोक साथमा नभए सब थोक पाखामा …. । मान्छेलाई श्रेष्ठ मान्छे भएर बाँच्न योग, ध्यान, प्रणायामले सिकाउँछ ।
जताततै जो पनि भगवानै भगवान
मेरा प्रिय आत्मन्,
एउटा छोटो कथाबाट आजको प्रश्नोत्तरको यो चर्चा सुरू गर्छु ।
एउटा असाध्यै अँध्यारो रात थियो र एउटा मरुभूमीय पहाडको एउटा सानो सरायमा एउटा ठूलो व्यापारीक दल आएर रोकियो । त्यो व्यापारिक दलमा यस्तै सय ऊँट थिए । व्यापारीहरू यात्रामा थिए र थकित भएर आधारातमा त्यो स–सानो पहाडी सरायमा विश्रामका लागि आइपुगेका थिए ।
म अमिवा
जुन दिन म बुद्ध एअरको विमान चढेर आकाशमा केही हजार फीटमाथि मात्र उडेको थिएँ, त्यो क्षण मलाई परम सूक्ष्मताको बोध भयो । मान्छे बिशाल, महान र शक्तिशाली प्राणी हो भन्ने अहम् बिस्तारै धुलिसात हुँदैगयो । जब आकासबाट धर्तितिर हेरेँ, मान्छे घ्यू कमिलाजत्रो देखेँ, खेतमा जोतिरहेका गोरुहरूलाई ढ्याङ्ग्रे कमिला जत्रो देखेँ, सडकमा गुडिरहेका मोटरगाडीलाई बन साङ्ला जत्रो देखेँ । त्यो क्षण मैले माथिबाटै हात्ती देखेको भए ठुलो मुसो अथवा बिरालो भन्दा ठूलो देख्ने थिइनँ होला; त्यस घडीबाट म पृथ्वीको कति सानो प्राणी रहेछु, आफ्नो आकार को सूक्ष्मता बोध भयो ।
कुरा धर्म र ओशोको
आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिँदैन,
धन–पद जति जोड तृष्णा कहिल्यै मेटिँदैन ।
धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा रहेका हरेकले आ–आफ्नै प्रकारका धर्म निर्वाह गर्नुपर्दछ । सूर्यको उदाउने–अस्ताउने क्रिया होस् वा नदी निरन्तर बग्ने वा हिमाल अटल भएर ठडिरहने क्रिया नै किन नहोस् सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेकै छन् । त्यस्तै हामी पनि हिन्दू, बौद्ध, इस्लाम, क्रिस्चियन आदिका अनुयायी बनेर एकएक थरी धर्म अङ्गालेका छौँ भन्छौँ । कोही मन्दिर, कोही मस्जिद, कोही गुम्बा त कोही चर्चमा ईश्वर रहेको महसुस गर्छौं ।
दशैंको आशीर्वाद
पश्चिमी संस्कृति भन्दा हाम्रो संस्कृति धेरै उत्कृष्ट छ । यसको उत्कृष्ट नमूनाको रुपमा हामीले दशैंमा दिने टीकाको आशिर्वाद पनि एक हो । यो आशिर्वाद निम्न प्रकारको छ ।
आयु द्रोणसुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
बाल्यावस्था एक आध्यात्मिक दर्शन
माघशरीर विज्ञानको अध्ययनबाट पनि बुझ्न सकिने आफूभित्र रहेको शारीरिक अङ्ग र त्यसको सञ्चालन प्रक्रिया सँगसँगै हामीमा भौतिक तथा अभौतिक रूपमा प्राणको स्थापन र निरन्तरता भै रहेको हुन्छ । अभौतिक र अमूर्त अवस्थाको प्राणशक्तिको स्थापनाको स्वरूपस्थल अथवा बीज स्वरूपको वृक्ष स्वरूप अवस्थाको रूपमा हामीले प्राण र शरीर भनेर सामान्य अवस्थामा सम्झन सकिन्छ ।
परमआनन्द, जीवन र गायत्री मन्त्र
आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ ।
आत्मशुद्धिका लागि केही चिन्तन
आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका छन । जसलाई मानवीय र दानवीय स्वभावको रूपमा परिभाषा गरिएको छ । प्रत्यक मानिसभित्र यस्ता गुण कुनैं न कुनै कुनामा बिद्यमान हुन्छ । मानिसको आवस्यकता, इच्छा अनि आपूर्ति बिचको खेल नै जीवन हो । यो खेलमा कस्तो इच्छा र आपूर्तिको सीमा निर्धारण गर्छ व्यक्ति(मानिस)ले त्यसमा नै व्यक्तिको स्वभाव र ब्यवहारले समाजमा स्थान प्रभाव पार्ने गर्दछ । र स्वयम् व्यक्तिको परिचय समेत निर्धारण गर्दछ । समाजको खेलको एउटा सानो हिस्सालाई संबोधन गर्दै गीतामा लेखिएको छ “जब मानिसको इच्छा पूरा हुँदैन, तब ऊ आक्रोशित हुन्छ, मानिसमा क्रोध त्यस बेला आउँछ जब उसको इच्छामा रुकावट, बाधा-अडचन आउँछ। अर्थात् सम्पूर्ण समस्याको जड ‘व्यक्तिको अस्वभाविक इच्छा-आकांक्षा’ नै हो ।
एक जना विद्वानले मानिसको स्वभावलाई यसरी उल्लेख गरेका छन् – “जिउँदोको प्रसंशा गर्न भयाई न भयाई छ उसलाई । मरेकालाई समवेदना किन दिन्थ्यो ? फाइदा दिनेहरू वरिपरी झुम्मिएको बेला बेमतलबको मानिसको दुःख उसले किन सोच्छ ?” अर्थात मानिस स्वार्थी हुन्छ र उसको प्रत्यक कदम स्वार्थको लागि अगाडी बढी राखेको हुन्छ । जायज स्वार्थले व्यक्ति र समाजको भलो गरिराखेको हुन्छ भने नाजायज स्वार्थले अर्को व्यक्ति, समाज र स्वार्थलाई प्रगाडित गराई राखेको हुन्छ । गीताको १६-२९ खण्डमा उल्लेख गरिएको छ -“काम क्रोध लोभदेखि बच्नु पर्छ । नर्क र स्वर्ग अन्यत्र होइन यही जीवन र यही पृथ्वीमा नै छ । अनियन्त्रित लालच पूरा गर्न दौडने मानिसलाई बार-बार असफलता हात लाग्दछ। त्यस्तो मान्छे शंका गर्ने, भ्रममा पर्ने, असहनसील र क्रोधी हुन्छन् । जबसम्म मानिस यस्तो इच्छामा आशक्त रहन्छ उसको जीवन नर्कमय नै हुन्छ ।”
कमाउन गाह्रो खर्च गर्न सजिलो
यो संसारमा धनसम्पत्ति कमाउन पक्कै सजिलो छैन । आफ्नो रगत पसिना बगाएर दुःख गरी मात्र दुइचार पैसा कमाउन सकिन्छ । यसको तुलनामा मानिसहरूले आफूसँग भएको धनसम्पत्ति खर्च गर्न भने धेरै सजिलो हुन्छ । धनको विनाश त कतिखेर कहाँ कसरी भइसकेको हुन्छ, चालै पनि पाउँदैन । आफूसँग धनमात्र हुनुपर्छ, त्यसलाई सिध्याउनमा साथ दिनेहरू पनि यहाँ जति पनि भेटिन्छन् । आफ्नो छरछिमेकीदेखि लिएर बाटोमा पाउने मानिसलेसमेत यस कार्यमा हाँसी हाँसी साथ दिन्छन्, खुशी खुशी साथ दिन्छन् । कस्तो मज्जा !
जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा राजविराज
हामीले समाजलाई नचायौँ तर आफू आनन्दसाथ नाच्न सकेनौँ । किनभने धनपदको लोभमा हामीले खुशी बेचेर दुःख मात्र किन्यौँ । दुःखले भरिएको संसार बनायौँ र त्यसैमा रोइरहेछौँ रुवाइरहेछौँ । आनन्द बरसाउने गरी पलपल बाँचेर हेर्न खोज्नुपर्छ । आँखा खोलेर हेर्न सके कोही पराई भेटिन्न यहाँ । बेचैनीको भारी बिसाइ हेरे मुक्त छौ हामी यहाँ । हृदय खोलेर हेरे प्रेम बस्रन्छ जताततै यहाँ । धनको पदको लोभमा धेरै घुम्यौँ बाहिर हामी अब भित्र फर्कौं र आफू को हुँ भन्ने चिनेर मनभित्र दियो बालौँ । हामी बेहोसीमै बोल्दा रहेछौ आँखा छोपेर हिँड्दा रहेछौँ र कामकुरो बिगार्दा रहेछौँ । यो दुई दिनको जिन्दगीमा हामी जालोमा पस्दा रहेछौँ । हाम्रो आँखा कहिल्यै खुलेन । अतः यो जीवन व्यर्थ फालेका छौँ । साँच्चै हाम्रो होस खुलेको भए यो हत्या र िहंसा किन हामीमा प्रेमको ढोका उघ्रेको भए यत्तिविघ्न घृणा र सन्ताप किन बुझौँ आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन । धनसम्पत्ति पद जति जोड्दा पनि तृष्णा कहिल्यै मेटिदैन । आफू को हो चिन्नैपर्छ ध्यानदृष्टिले भित्र हेरौँ । अति भो अब त कति दौड्न्छ मान्छे धनसम्पत्ति पदका पछि । हामी मान्छेले मानव प्रवृति छाड्न हुन्न आफूमार्फत् संसार बिग्रनुहुन्न । यिनै र यस्तै विचार पोखेर नयाँ नेपालको निर्माण गर्न नौलो सोच र नौलो क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ ।
- « Previous
- 1
- 2
- 3
- Next »