Skip to content

तीर्थ (यात्री) पौडेल

कति रोए मन्दिरमा

  • by

कति रोए मन्दिरमा ढुंगा इश्वर हुन्थ्यो भने
पीडा कमी हुने थियो उस्ले पुकार सुन्थ्यो भने ।

ठगी खाने बहानामा मन्दिर, मस्जित, चैत्य बने
बन्द हुन्थो धार्मिक युद्ध, धर्मिकताले उन्थ्यो भने ।

भ्रम

  • by

हो,
म भ्रम पालेर अचेल
अविश्वासको दाना पानीले पोस्दैछु
बिश्वास रोपिरहेछु ढुंगो पुजेर
म अलौकिकता प्राप्तिको
अमुर्त चहानाले थलिएर
ओछ्यान परेको धेरै भयो

अचेल उता के हुदैछ

  • by

अचेल उता के हुदैछ, उनको खबर पाको छैन
फोन उठ्दैन मैले गर्दा उताको नि आको छैन ।

चिन्ता लाग्छ उनी कतै बिसन्चोमा परिन कि त
उनकै यादमा डुबी अचेल मैले नि केही खाको छैन ।

आँखाभित्र नानी बनी बस्न पाए

  • by

आँखाभित्र नानी बनी बस्न पाए हुन्थो
थाहै नदिई उनको दिलमा पस्न पाए हुन्थो ।

सुनसानमा बाँचेको छु, रित्तिएर आफैबाट
जून भई मन संघारमा खस्न पाए हुन्थो ।

म सम्झनामा तापेर अचेल

  • by

म सम्झनामा तापेर अचेल सुकाउँदैछु परेली
आँशुको खहरे रोक्नलाई उठाउँदैछु परेली ।

उनी आँउदा हर रात स्पर्शले सेक्न यो तन
भिजेका सम्झनाहरू मेटाउन लुकाउँदैछु परेली।

जीवन यात्रा

  • by

दर्दमिश्रित मुस्कन
आमा बन्दको शुखानुभूति
विर्य र डिम्बको फैसला
नौ महिने काराबास
र संयुक्त इज्लासले
दिएको उन्मुक्ति शिरोधार्य गर्दै

तीर बन्यो तिम्रो हाँसो

  • by

तीर बन्यो तिम्रो हाँसो उपहास किन गर्यौ
मेरो चर्चा नाना भाँती बकबास किन गर्यौ ।

मेरै नाम बेची तिम्ले इज्जतको ताज पायौ
बदनाम आज मेरै नामको खासाखास किन गर्यौ ।

आफ्नो छाती चुसाएर फकाएर आमा

  • by

आफ्नो छाती चुसाएर फकाएर आमा
मेला पात गर्थ्यौ तिमी छकाएर आमा ।

रमिते र सल्लेरीमा घाँस दाउरा गर्दै
सुठो पिठो खुवाउथ्यौ पकाएर आमा ।

एउटा फूल तिम्रै नाममा

  • by

एउटा फूल तिम्रै नाममा चढाऊँ कि सानु
आरतीमा पन्च बत्ती बढाऊँ कि सानु ।

पूजा गरी तिमीलाई मनको अक्षताले
स्वस्ति शान्ति गर्न बाहुन पढाऊँ कि सानु।

संघीयताको आगो देशमा बलेपछि

  • by

संघीयताको आगो देशमा बलेपछि थाहा पायौ
खण्ड अनि अखण्ड भई लडेपछि थाहा पायौ ।

गाउँ बस्ती बुकुरामा अधिकारका कुरा गर्यौ
अधिकार खातिर देशै जलेपछि थाहा पायौ ।

तिम्रै यादमा तड्पिएर बसेको छु

  • by

तिम्रै यादमा तड्पिएर बसेको छु यतिखेर
सम्झनामा आँखाबाट खसेको छु यतिखेर ।

तिमी आउछौ सपनाको बाटो बिराएर
सपनीमै त्यो दिलमा पसेको छु यतिखेर ।

नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ

  • by

नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ
गरिबका समस्याको निधान लिई आऊ ।

रक्तिम किरण पूर्वतिर सधै जगमगाउने
बुकुरामा सुभासिलो बिहान लिई आऊ ।

प्राथना गर्छौ दुई हात जोडी (सरस्वती वन्दना)

  • by

प्राथना गर्छौ दुई हात जोडी ज्ञानकी खानीलाई
अज्ञान हटाई ज्ञान बुद्धि देऊ हे माता हामीलाई

तिम्रो त्यो न्यानो ज्ञानको ज्योति पाएर खुशी छौ
विद्याको प्रसाद लाएर शिरमा असाध्यै सुखी छौ ।

आज पनि सम्झनामा टोलाएछु रातैभरि

  • by

आज पनि सम्झनामा टोलाएछु रातैभरि
बर्बराउँदै सपनामा बोलाएछु रातैभरि ।

तिमी छौ र यो ढुक ढुकी चलेको छ हेर
तिम्रो माया कल्पनामा तोलाएछु रातैभरि।

दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि

  • by

दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि
खोले भाँडो बाँडी खाउँला जून तारा मागिन नि ।

मुस्कुराए सामु पर्दा म त जून मानिदिन्छु
किन रुन्छौ सुक्क सुक्क आँशु धारा मागिन नि ।

तिम्रै निम्ति मर्छु भन्ने

  • by

तिम्रै निम्ति मर्छु भन्ने बसाइ सारेपछि
मरेतुल्य भएकी छु म घात गरेपछि ।

तिमी बिना बाँच्दिन म भन्थे फकाउदा
नामो निशान छैन केही सारा हरेपछि ।