Skip to content

सूचना/विज्ञप्ति

अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरद्वारा ११ जनवरी, २००९ आईतवारका दिन ५ औं सहित्य सृन्खला तथा शोक सभाको आयोजना गरिने जानकारी प्राप्त भएको छ । अनेसास जापानले गत बर्षदेखि प्रारम्भ गरेको कार्यक्रम साहित्य शृंखला- साहित्यिक रचना र सन्स्मरण सुन्ने-सुनाउने चौतारीको रुपमा स्थापित हुँदै गएको छ ।

नेपाली गजल संग्रह प्रकशनबारे मझेरी डट कमको सूचना

नव बर्ष २०६६ को अवसरमा मझेरी डट कमले नेपाली गजल संग्रह प्रकाशन गर्न लागेको व्यहोरा सहर्ष जानकारी गराउदै निम्न ईमेल ठेगानामा आफ्नो गजल पठाएर सहयोग गरिदिनु हुन सम्पूर्ण गजलकार तथा स्रस्टाहरुमा अनुरोध गर्दछौं।

गजल पठाउने ईमेल ठेगाना
[email protected]

समवेदना

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व रमेश विकलको निधनको खबरले मझेरी परिवारलाई स्तब्ध तुल्याएको छ। यस दुखद घडीमा हामी उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछौं।

मझेरी डट कम

श्रद्वाञ्जली अर्पण गर्नुहोस्

टोकियोमा लक्ष्मी जयन्ती – रचना आवहानबारे सूचना

बिगतमा जस्तै यस बर्ष पनि अनेसास जापानको आयोजनामा टोकियोमा लक्ष्मी जयन्तीको आयोजना हुन गैरहेको कुरा समाजका अद्यक्ष्य बेलु थापाले जानकारी गराउनुभयो।

अनेसास, जापानको भानु जयन्ती, २००८

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापानबाट निम्न कार्यक्रमको तय भइरहेको छ। इच्छुक साथीहरुलाई उपस्थितिको लागि अनुरोध छ।

कार्यक्रम-भानु जयन्ती, १३ जून २००८ टोकियोमा दिउसो २ बजेबाट

साथमा सम्मान कार्यक्रम छ। कार्यक्रमको विस्तृत रुपरेखा अनेसास जापानबाट औपचारिक जानकारी आएपछि राखिनेछ।